CPM wants Dr. Mahendra P. Lama not to come in Politics

CPM-wants-Dr-Mahendra-P-Lama-not-to-come-in-Politics
CPM wants Dr. Mahendra P. Lama not to come in Politics - डा. लामालाई राजनैतिक दलदलमा नहालेको वेश-माकपा
दार्जीलिङ,6 जुलाई | शरण गुरुङ  : 2014 लोकसभाको उम्मेद्वारितालाई लिएर अहिलेदेखि नै हावा गरम हुनथालेको छ। जनाकांक्षा भए लोकसभामा चुनाउमा पहाड़बाट प्रतिद्वन्द्विता जनाउन तयार रहेको इन्दिरा गान्धी राष्ट्रिय मुक्त विश्वविद्यालय (इग्नू)-( Also read - Dr. Prof Mahendra P Lama appointed as the Pro Vice Chancellor of IGNOU) का उपकुलपति डा. महेन्द्र पी. लामाले बताएपछि पहाड़को राजनैतिक नेतृत्व, बुद्धिजीवीदेखि लिएर साधारण जनतासम्ममा पनि लोकसभा चुनाउको हावा अहिलेदेखि नै गरम हुन थालेको हो। राष्ट्रिय सुरक्षा सल्लाहकार समितिका सदस्य, सिक्किम केन्द्रिय विश्वविद्यालयका संस्थापक उपकुलपतिजस्ता विशिष्ट ओहोदाहरू हुँदैमा हाल इग्नूका उपकुलपति बनेका डा. लामाको भारतीय गोर्खाहरूमा विशिष्ट छवि रहिआएको छ। यसबाहेक छुट्टै राज्य गोर्खाल्याण्डको  प्रश्न आफुअघि तेर्सिने गर्दा निर्भीक भएर गोर्खाल्याण्डको वकालती गर्न पनि पछि परेका छैनन्। गोर्खाल्याण्ड मुद्दाप्रति कुनै राजनैतिक दलहरू पनि इमान्दार नरहेको बयानसमेत दिन पछि नहट्ने डा. लामा यसैकारण सत्तासीन गोर्खा जनमुक्ति मोर्चालगायत अन्य कतिपय दलहरूसित छत्तीसको आँकड़ा रहिआएको छ। राजनैतिक तौरमा उनलाई केन्द्र गरेर घरिघरि भइरहने चर्चा-परिचर्चाहरूकै कारण उनले राजनीतिमा पदार्पण गर्ने शंका उपशंकाहरू पनि उठ्ने गरेका छन्। यसैले लोकसभा चुनाउमा पदार्पण गर्ने उनको वयानसितै पहाड़को राजनैतिक दलहरूमा पनि विभिन्न प्रतिक्रियाहरू शुरू भइसकेको छ। कतिपय राजनैतिक दलहरू लोकसभा चुनाउको निम्ति डा. महेन्द्र पी लामा नै सही व्यक्ति रहने वकालत  शुरू गरिसकेका छन् भने कतिपय राजनैतिक दलहरू डा. लामालाई राजनैतिक किचलोमा नमुछ्ने पक्षमा पनि रहेका छन्
डा. महेन्द्र पी लामा पहाड़को मुद्दामाथि गम्भीर रहेर लोकसभा चुनाउको निम्ति आफै इच्छुक भएर अघि आउछन् भने पार्टीगत अनि व्यक्तिगत हिसाबमा पनि समर्थन रहेको अखिल भारतीय गोर्खा लीगका उपाध्यक्ष लक्ष्मण प्रधानले आज बताए। दागोपापकालदेखि नै पहाड़ले विश्वास गरेर बाहिरका मान्छेहरूमाथि क्षेत्रीय मुद्दा बोकाएर संसदमा छिरााएतापनि आजसम्म धोकामात्रै खानुपरेको बताउँदै प्रधानले भने, बंगालबाट अलग हुने पहाड़वासीको जनाकांक्षालाई बाहिरका एमपीहरूले जहिले पनि धोका दिएका छन्। गोरामुमोकालका एमपी इन्द्रजीत खुल्लरलाई दुईपल्ट एमपी बनाइएतापनि 10 वर्ष त्यसै बिताए। गोजमुमोकालको एमपी जसवन्त सिंहले पनि कुनै काम नगरी 5 वर्ष खेरो गयो। यसैले संसदमा पहाड़वासीको पीर मर्कासित परिचीत डा. लामाजस्ता व्यक्तिलेमात्रै केही गर्न सक्छन्भनेर विश्वास गर्न सकिन्छ। 2014 को लोकसभा चुनाउमा डा. लामाजस्ता व्यक्तिलाई संसदमा पठाउन सकिए पहाड़को क्षेत्रीय समस्यामाथि पहल हुने आशा गर्न सकिने बताउँदै लोकसभा चुनाउको निम्ति डा. लामालाई पार्टीगत हिसाबमा पूर्णरूपले समर्थन रहने पनि प्रधानले बताए।
 वामपन्थीहरूको राजनैतिक सिद्धान्त पनि बेग्लै रहेकोले साम्प्रदायिक भावनाप्रेरित राजनीतिलाई प्राथमिकता नदिइ दलको सैद्धान्तिक तौरमा नै प्रार्थी चयन प्रक्रियामा समर्थन जनाइने माकपा जिल्ला कमिटी अध्यक्ष केबी वातरले बताए। डा. लामा एक योग्य व्यक्ति हुन्। शिक्षाविद् हुन्। तर राजनीति भन्ने कुरा अलग हो। यसैले जहॉंसम्म डा. लामालाई राजनीतिको दलदलमा नधकेलेर शिक्षाविद्कै रूपमा बॉंच्न दिएको उचित रहन्छ भनी वातरले विचार पोखे। डा. लामा हाम्रा शीरका टोपी हुन्। उनले राष्ट्रियस्तरमा हाम्रो प्रतिनिधित्व गरिरहेका छन्। उनलाई दार्जीलिङको राजनीतिको दलदलमा मुछेर बदनाम गर्ने काम नगरेकै वेश हो। किनभने देशभरि भगवानको रूपमा पुजिएका महात्माहरूसमेत राजनीतिमा पसेर बदनाम भएका छन्। डा. लामालाई यो राजनैतिक दलदलमा नधकेलेर उनलाई शिक्षाविद्कै रूपमा राखेको राम्रो हो, वातरले भने। यद्यपि डा. लामा लोकसभा चुनाउमा उत्रिहालेको खण्डमा उनको राजनैतिक सिद्धान्त, कार्यशैली हेरेर मात्रै पार्टीगत निर्णय लिइने वातरले बताए।
अन्य राजनैतिक दलहरू क्रमैले क्रामाकपा, तृणमूल, गोरामुमो भने अहिले केही भनिहाल्ने पक्षमा छैनन्। लोकसभा चुनाउ आउनु अघै धेरै समय रहेकोले डा. महेन्द्र पी लामा अनि लोकसभा चुनाउ दुवैको विषयमा अहिले नै केही भनिहाल्न हतार हुने क्रामाकपा अध्यक्ष आरबी राईको भनाइ छ। यस्तै आशय व्यक्त गर्दै हिल तृणमूल कंग्रेसका प्रचार प्रसार सचिव बिन्नी शर्माले डा. लामालाई समर्थन दिने नदिने विषयमा पार्टी हाइ कमान्डकै निर्देशपछिमात्रै निर्णय लिइने बताए। यसबारे अहिले नै प्रतिक्रिया गर्नु पनि हतारको काम हुने पनि शर्माले बताए।  लोकसभा चुनाउको समयमा राजनैतिक समीकरण कस्तो हुने हो, अवस्थान के हुने हो त्यत्तिबेला हेरेर नै फैसला लिनसकिने उनले बताए। पार्टीगतरूपमा नभएर व्यक्तिगतरूपमा भने उनले पहाड़को निम्ति योग्य उम्मेद्वार चाहिएको कुरा उनले बताए। पहाड़भित्रको अनि पहाड़ बाहिरको हेभिवेट नेताहरू हामीले हेरिसक्यौं, यसैले अब बाहिरको- भित्रको प्रार्थीको कुरा गर्नुभन्दा धेर आवश्यक योग्य उम्मेद्वारको प्रसङ्ग महत्वपूर्ण रहेको उनले आफ्नो नितान्त व्यक्तिगत धारणा रहेको पनि बताए।
समग्रमा डा. महेन्द्र पी लामाको प्रसङ्ग गॉंसिएपछि 2014 को लोकसभा चुनाउको हावा समयभन्दा धेरैअघि नै गरम हुन शुरू भएको छ। यसबारेमा विभिन्न राजनैतिक दलहरूको आ-आफ्नै अड़ान रहिआएको भएतापनि लोकसभा चुनाउमा ओर्लिन सबैभन्दा धेर डा. लामाको आफ्नै इच्छाशक्ति र सत्तासीन राजनैतिक दलको समर्थन महत्वपूर्ण रहने पर्यवेक्षकहरूको भनाइ छ। तर वर्तमानको सत्तासीन गोजमुमोसित हालमा पनि छत्तीसको आकॅंड़ा रहेको कारणले गोजमुमोबाट समर्थनको आशा डा. लामाको निम्ति एकदमै कम रहेको छ। किनभने हालको गर्मागमी माहौलमा पनि गोजमुमोले मौन ब्रत नै धारण गरिराखेका छन्। यस विषयमा आज पनि गोजमुमोले कुनै प्रतिक्रिया जाहेर गर्न चाहेनन्। हालमा पहाड़को विकासकार्य अनि डुवर्सको पञ्चायत चुनाउ महत्त्वपूर्ण रहेकोले यस विषयमा अहिले नै कुनै मन्तव्य जाहेर नगर्ने मोर्चाका एकजना शीर्षस्थ नेताको भनाइ छ। पहाड़को घड़ेरी बिग्रेको यस विषयमा अहिले नै हावा गरम हुनु पनि राजनैतिकविद्हरूले पनि अनावश्यक ठानिरहेका छन्। लोकसभामा उम्मेद्वारिताको कुरा चुनाउकै समयको राजनैतिक परिस्थितिले स्पष्ट पार्ने उनीहरूको भनाइ छ। तथापि पहाड़वासी र मुद्दालाई लिएर गम्भीर अनि योग्य व्यक्तिलाई नै लोकसभामा प्रार्थी बनाउनुपर्ने कुरोमा भने सबै एकमत रहेका छन्।

CPM wants Dr. Mahendra P. Lama not to come in Politics - डा. लामालाई राजनैतिक दलदलमा नहालेको वेश-माकपा

Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.