मङपु२९जुलाई(केशर मोक्तान): छुट्टै राज्य गोर्खाल्याण्डको
मांगमा आज देखि गोजामुमोले
डाकेको ७२ घण्टा बन्दको प्रथम
दिन यस क्षेत्रमा शान्तीपूर्बक बित्यो | आज मङपु नालीडाड़ामा
मोर्चा समर्थकहरुले बिहान
देखि बेलुकी सम्म नै पिकेटिङ
गरेको देखियो | मङपुका सम्पूर्ण
सिन्कोना बगान,एन,एच,पी सी,शैक्षिक
प्रतिष्ठान,दोकान पाठ, डाकघर
तथा सरकारी तथा गैरसरकारी कार्यालयहरु
पूर्ण रुपले बन्द रह्यो | यसरी
राष्ट्रिय राजमार्ग ३१एमा
पनि यानवाहन चलाचल पूर्ण रुपले
ठप्प रहयो | लाब्दा मङपु समष्टि
अन्तरगत पर्ने रम्बी बजारमा
आज बिहान मोर्चा समर्थकहरुले
राजमार्ग अवरोध गरिरहेको समय
रम्बी पुलिसले दश जना मोर्चा
समर्थकहरुलाई पक्राऊ गरि न्यायिक हिरासतको निम्ति पठाएको
छ | पार्टी समर्थकहरुलाई रिहाइ
गर्ने क्षेत्रीय सभासद रतन
थापाले आज सक्दो प्रयास गरेको
बताए तापनि ति पार्टी कार्यकर्ताहरुलाई
पुलिसले बिभिन्न मुद्दा दर्ता
गरि नयिक हिरासतमा पठाएको कारण
आज उनीहरुको रिहाई हुन नसकेको
कुरो सभासद थापाले जनाए | गणतान्त्रिक
देशमा गणतान्त्रिक प्रकारले
धर्ना जुलुस र पथ अवरोध कार्यक्रम
गर्न पाईन्छ र आज बिहान पार्टी
कार्यकर्ताहरुले गणतान्त्रिक
प्रकारले पथ अबरोध गरिरहेको
समय उनीहरुलाई पुलिसले पक्राऊ
गरि लगेको सभासद थापाले बताउँदै
पार्टीका शीर्ष नेताहरु उनीहरको
रिहाइको निम्ति प्रयास जारी
राखेको कुरो बताए | यसरी पक्राऊ
परेका मोर्चा समर्थकहरुको
सुनवाई आगामी १ अगस्तको दिनमा
हुने सभासद थापाले जानकारी
दिए | गोजामुमो केन्द्रीय समितिको
निर्देश अनुसार भोली पनि बन्द
जारी रहने बताउदै गणतान्त्रिक
प्रकारले भोली पनि आन्दोलन
गर्ने उनले बताए | यसरी आजको
बन्दमा १४वटा सिन्कोना बगान
पूर्णरुपले शान्तीपूर्बक
साथ बन्द रहेको जानकारी दा.ता.डु,प्लान,ले,यूनियन
सचिव गगन राईले दिएका छन |
Post a Comment
We love to hear from you! What's on your mind?