मङपु अस्पतालमा महिला बन्ध्याकरण शिविर हुने | स्वानिर्भर समूहद्वारा निर्मित मोम बत्ती अब बजारमा

Mini Laparoscopy camp in mungpoo
मङपु१८जुलाई:  तक्दा प्राथामिक स्वस्थ्य खण्डको आयोजनामा  आगामी २५ जुलाईको दिन स्थानीय मङपु सरकारी अस्पतालमा (मिनी लेप्रोसकपी क्याम्प) महिला बन्ध्याकरण शिविरको आयोजन भईरहेको छ | मङपु क्षेत्र वरिपरिका महिलाहरुले उक्त शिबिरको लाभ उठाउन सक्नेछन् साथै शिविरको लाभ उठाउने आहवान गर्दे आ आफ्नो क्षेत्रको ए.एन.एम. साथै आई.सी.डी.एस. कर्मीहरु संग सम्पर्क गरि २५ जुलाई भित्रमा नाम दर्ता गर्ने जानकारी तक्दा स्वस्थ्य विभाग कर्मचारी  भीम कुमार तामांगले बताएका छन |


                                     स्वानिर्भर समूहद्वारा निर्मित मोम बत्ती अब बजारमा
रोङचोङ  ग्राम पञ्चायत अन्तर्गत स्थानीय पञ्चायत कार्यालयमा स्वानिर्भर समूहलाई लिएर एरिया क्लस्टरको एक सभा  पंचायत कर्मी सन्तोष दर्नालको अध्यक्षतामा सम्पन्न भयो | सभामा रोङचोङ ग्राम पञ्चायत वार्ड नम्बर ६ का स्वानिर्भर समूह “सुमिखा” द्वरा निर्माण गरिएको मोम बत्ती लन्च सभाध्यक्षको बाहुलीबाट गरियो | उक्त स्वानिर्भर दलले निर्माण गरेको मोम बत्ती दुई प्रकारको रहेको छ | त्यस मोमबत्ती आज देखि बजारमा निक्लने  जानकारी समहुका दलनेत्री पुनम गुरुङ अनि कोषाध्यक्ष कृष्ण तामांङले सभामा घोषणा गरे | एरिया क्लस्टर अध्यक्ष गोपीमाया तामांङले एरियाका सम्पूर्ण रिपोर्टहरु सभामा पेस गरे | कोषाध्यक्ष आरती राईले आज सम्मको हर हिसाबको फाटवारी सुनाए | क्षेत्रीय क्लस्टर आर.पी. दुई जानुका तामांङ अनि सारथी राईले संचालन गरेको सभामा सभाध्यक्ष एवं पञ्चायत कर्मी सन्तोष दर्नाले स्वानिर्भर समूह बिषय धेरै कुरा रख्दै आज बिशेष ग्रामीण महिलाहरुद्वारा  गठित स्वनिर्भर समुहका महिलाहरुले नै धेरै कुरामा शिक्षा हासिल गरेको छ जुन कुरो एकदमै गर्बको कुरो रहेको बताउदै सरकार पनि यस कुरामा  आशाबादी रहेको रहेको बताए |  रोङचोङ ग्राम पञ्चायत अन्तर्गत जति  पनि स्वानिर्भर दलहरु  छन ती दलहरुलाई पंचायतको तर्फबाट चाहिने  हरेक सहयोग गर्न आफू तयार रहेको पञ्चायत कर्मीले जनाए भन्ने जानकारी बिज्ञप्ती मार्फत भिशु राईले दिएका छन |

तक्दा प्राथामिक स्वस्थ्य खण्डको आयोजनामा आगामी २५ जुलाईको दिन स्थानीय मङपु सरकारी अस्पतालमा (मिनी लेप्रोसकपी क्याम्प) महिला बन्ध्याकरण शिविरको आयोजन भईरहेको छ |

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.