सिन्कोना बगान ७२ घण्टा बन्द रहने मोर्चाले राजमार्गमा पनि पिकेटिङ गर्ने

GJM 72 hrs bandh strike
मङपु:२८जुलाई(केशर मोक्तान)
केन्द्र सरकारले तेलंगना राज्य  गठन गर्ने हरियो संकेत  दिन साथ छुट्टै राज्य  गोर्खाल्याण्ड गठनको मागमा  सरकारलाई चाप दिन गोजमुमोले जी.टी.ए. क्षेत्रमा  भोली देखि ७२ घण्टा बन्द डाकेको छ | यसरी गोजमुमोले डाकेको पहाड़ बन्दमा  जी.टी.ए. अधिनस्त रहेको सिन्कोना बगान पनि पूर्ण रुपले बन्द रहने जानकारी दार्जीलिंग तराई डुवार्स प्लान्तेशन लेबर यूनियन सिन्कोना जोन केन्द्र समिति सचिव गगन राईले दिएका छन | मङपु,रोंगो,मन्सोंग,लाटपन्चर अनि सिटोंङ अधिनस्त १४वाट बगान पूर्ण रुपले बन्द रहने जानकारी सचिवले दिएका छन | बन्दलाई केन्द्र गरेर आज स्थानीय रोई बंगलोमा मोर्चा मङपु जोनको आयोजनमा पार्टी सभापति प्रदीप छेत्रीको अध्यक्षतामा अनि सभासद रतन थापाको उपस्थितिमा  एक सभा सम्प्पन भयो | सभालाई सम्बोधन गर्दे सभासद रतन थापाले राज्य र केन्द्र सरकारको अनुरोधमा जी.टी.ए. ब्यावस्था थाप्न परेको जनाउदै वर्तमान यो ब्यावस्थालाई सरकारले ठीक प्रकारले हाम्रो मांगलाई नबुजदा फेरी पनि हामी आन्दोलनमा जान परेको बताए | सभासद थापाले बन्दलाई पूर्ण रुपले पालन गर्ने सबैलाई अपील गर्दे युवा मोर्चा केन्द्र समिति सदस्य उर्गेन शेर्पा अनि युवा मोर्चा मङपु जोन् सभापति दयानन्द राईको अगुवाइमा बीचकमान अनि रेसेप शाखाको  दुई सय जना युवामोर्चा कार्यकर्ता साथै पार्टी कार्यकर्ताहरुले राष्ट्रिय राजमार्ग ३१ए हाइवेमा पुगी राजमार्गमा पिकेटिंङ गर्ने सभासदले बताए | मोर्चा मङपु जोन सचिव रतन लामाले छुट्टै राज्य गोर्खाल्याण्डको मांगमा गोजामुमो केन्द्र समितिले डाकेको ७२ घन्टे बन्दमा सम्पूर्ण सिन्कोना बगान  सरकारी तथा गैरसरकारी कार्यालय,स्कूल,दोकान पाठ,एन.एच.पी.सी.,मङपु कोर्ड,डाक घर,ग्रामीण ब्यांक लगायत शैक्षिक संस्थान बन्द रहने बताउँदै उक्त बन्द सबैले पालन गरि दिने सचिवले अवाहन गरेका छन | आजको सभालाई सम्बोधन गर्दे युवा मोर्चा केन्द्रीय समिति सदस्य उर्गेन शेर्पाले छुट्टै राज्य गोर्खाल्याण्डको मांगमा  केवल पर्दा लागेको हो तर आन्दोलन सकिएको छैन |  अबको आन्दोलनमा प्रशासनले छातीमा गोलि ठोक्न पनि सक्छ र त्यसको लागी युवा मोर्चा तयार रहन पर्ने अवगत गराउदै  ७२ घन्टे बन्द ट्रायल मात्र हो अब आगामी दिनको आन्दोलनको रुपरेखा अर्कै हुने बताए | यसरी भोली हुने बन्दमा पार्टी कार्यकर्ताहरुलाई मङपु नालीडाड़ामा पनि पिकेटिंग गर्ने क्षेत्रीय सभासदले बताए |

केन्द्र सरकारले तेलंगना राज्य गठन गर्ने हरियो संकेत दिन साथ छुट्टै राज्य गोर्खाल्याण्ड गठनको मागमा सरकारलाई चाप दिन गोजमुमोले जी.टी.ए. क्षेत्रमा भोली देखि ७२ घण्टा बन्द डाकेको छ |

Read latest post filed under mungpoo news, political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.