गोर्खाल्याण्ड: मंग्पू विध्यार्थी मोर्चाले मङपु देखि दार्जीलिङसम्म ३५ किमी० पैदल यात्रा गर्ने

Gorkha Janmukti Vidhyarthi Morcha Mungpoo
मङपु८अगस्ट(केशर मोक्तान): छुटै राज्य  गोर्खाल्याण्डको मांगमा मोर्चाले डाकेको बन्दमा भोली ९ अगस्टको दिन गोर्खा जनमुक्ति बिधार्थी मोर्चाको मङपु जोनको तत्वधानमा स्थानीय बिद्यार्थीहरुले मङपु देखि दार्जीलिंग सिहमारी पार्टी कार्यालय  सम्म ३५ की.मि.पैदल यात्रा  गर्ने जानकारी एक जनसभालाई सम्बोधन गर्दे युवा मोर्चा केन्द्र समिति सदश्य उर्गेन शेर्पाले बताए | सम्भवत उक्त पदैल यात्रामा दुई सय भन्दा अधिक विधार्थीहरुले अंशग्रहण गर्ने थाहा लागेको छ | यसरी छुट्टै राज्य गोर्खाल्याण्डको मांगमा बिधार्थी मोर्चा मङपु जोनको आयोजनामा स्थानीय बिधालयका बिधार्थीहरुले वी वान्ट गोर्खाल्याण्डको नारा लगाउदै यहाँको बस स्ट्याण्ड देखि रेसेप बजार परिक्रमा गर्दे एक जुलुस निकाले उक्त जुलुस नालीडाड़ा आइपुगी पथ सभामा परिणत भयो | उक्त पथ सभालाई सम्बोधन गर्दे गो.जा.बी.मो.मङपु जोन सयोजक पवन थापाले बंगालमा सम्पूर्ण पार्टीका नेताहरु एकै मन्चमा आएर गोर्खाल्याण्डको बिरोधमा बोल्दा हाम्रो नेताहरु पनि एउटै मंचमा आएर छुट्टै राज्यको निम्ति सडकमा उत्रिएको हुनु पर्छ भनि अवाहन गरे | विधार्थीहरु भविष्यको कर्णधार हो र भविष्यमा राज्य निर्माण भए उनीहरुमा राज्य चलाउने क्षमता हुनु पर्छ | किरण थापाले संचालन गरेको सभामा युवा मोर्चा केन्द्र समिति सदश्य उर्गेन शेर्पाले सम्बोधन गर्दे ममता र बंगालको नीतिले यहाँ प्रशासन खनाएर सन्त्रास फैलाउने कार्य गरिरहेको आरोप लगाए | अर्को वक्ता मोर्चा मङपु जोन सचिव रतन लामाले पहिले अनुशासन त्यस पछि  आन्दोलन भनि विधार्थीहरुलाई बताउदै आजको दिनमा नानीहरुले गोर्खाल्याण्डको औचित्य बारे बुझ्न जरुरी रहेको बताए | यसरी युवा मोर्चा मङपु जोन सभापति दयानन्द राईले छुट्टै राज्य गोर्खाल्याण्डको निम्ति यो अन्तिम लड़ाई भएको कारण बिधार्थीहरु सडकमा उत्रिएको हुनु पर्छ भन्दै विधार्थीहरुको शक्तिलाई  संसारको कुनै पनि महाशक्तिले तोड्न नसक्ने बताउदै बंगालको शक्तिले विधार्थीहरुलाई तोड्न नसक्ने बताए | सभामा गोजाबिमो मङपु जोन सदश्य आसिष रसाइली, .जे.एस.टी.आओ. सचिव  सरोज थापा अनि  सभाअध्यक्ष प्रदीप छेत्रीले पनि सभालाई सम्बोधन गरे |

छुटै राज्य गोर्खाल्याण्डको मांगमा मोर्चाले डाकेको बन्दमा भोली ९ अगस्टको दिन गोर्खा जनमुक्ति बिधार्थी मोर्चाको मङपु जोनको तत्वधानमा स्थानीय बिद्यार्थीहरुले मङपु देखि

Read latest post filed under mungpoo news, political news

Post a Comment

Post a Comment

We love to hear from you! What's on your mind?

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.