सिटोङ,अगस्त (निस) : भारतभरि बसेका प्रत्येक गोर्खाको चिन्हारी र अस्तित्वको प्रश्नको समाधान अनि उनीहरुको भावनामा बसेको गोर्खाल्याण्ड बाहेक अन्य कुनै व्यवस्थामा अब सम्झौता नगरिने गोर्खा जनमुक्ति मोर्चा केन्द्रिय सांगठनिक सचिव अनि सभासद रतन थापाले पत्रकारहरुसँगको एक भेटमा बताएका छन | वर्तमान चलिरहेको आन्दोलनबारे प्रश्न गर्दा शुरुका चार दिनमै जनसमुह सडकमा उत्रेर सरकारी दमनको पर्वाह नगरि गोर्खाल्यान्डको समर्थनमा शान्तिपूर्ण धरना, प्रदर्शन अनि विविध कार्यक्रम गरिरहेका छन भन्दै आन्दोलन सफल बन्दै गएको बताए | सरकारले गोर्खाल्याण्डको मागलाई मानिलिन आवश्यक रहेको छ भन्दै यो आन्दोलन लामो चल्न पनि सक्छ तर भारतीय संविधानको आधारमा यसप्रकारको माग अबैध अनि असंवैधानिक नभएका कारण ढिलो होस् - छिटो होस् तर आन्दोलनको उपलब्धि प्राप्त भएरै छाड्ने बताए | गोर्खाल्याण्डको निम्ति आज कतिजना आत्मदाह गर्दैछन, जेल जाँदैछन, कति भोक, निन्द्रा, थकाइ केहि नभनि लडिरहेछन भने हामीले समर्थन मात्र दिएर नहुने औ जातीय उन्मुक्तिका योद्धाहरुलाई साथ दिन मैदानमा उत्रिनु पर्ने तबमात्र लडाइँ सफल बन्ने पनि तिनले बताए | के अब पनि मोर्चाले कुनै बैकल्पिक व्यवस्था स्वीकार गर्ला त? - भनि सोधिएको प्रश्नको जवाबमा ‘यस अन्तिम चरणको आन्दोलनको केहि दिनभित्रमा नै सडकमा उर्लेर ओर्लिएको जनसमुह कुनै बैकल्पिक व्यवस्थाको निम्ति नभएको उल्लेख गर्दै थापाले भने - यो जनसमुह र समर्थन गोर्खाल्याण्डबाहेक अन्य कुनै थोकको निम्ति होइन | गोर्खा जनमुक्ति मोर्चाको उदय पनि गोर्खाल्याण्ड प्राप्तिको लक्ष्य लिएर नै भएको हो भने देश-काल-पारिस्थिति हेरेर केन्द्र सरकारको आग्रह मनिलिंदै स्वीकार गरिएको जीटीए असफल भइसकेको छ | हामीले दागोपाप पनि हेर्यौं, जीटीए पनि हेर्यौं | यीमध्ये कुनै पनि व्यवस्था जनभावनाअनुरुप सफल हुन नसकेको प्रत्यक्ष छ भने अब त्यसप्रकारको टालटुले व्यवस्था लिने प्रश्नै उठ्दैन | अब के बिकल्प छ गोर्खाल्याण्डको ?’ -तिनले प्रश्न गरे | स-साना सहुलियत र व्यवस्था नभएर अबको व्यवस्था केवल गोर्खाल्याण्ड हुने भन्दै अब मोर्चाले सहिछाप गर्छ भने केवल गोर्खाल्याण्डमा गर्ने थापाले बताए |
Post a Comment
We love to hear from you! What's on your mind?