दार्जीलिंङ पहाड अलग राज्य सिवाय अन्य व्यवस्थामा पटकै हास्न सक्दैन - दातडुप्लालेयु

We Want Gorkhaland
मङपु२४अगष्ट(निस): राज्यको मुख्यमन्त्री ममता ब्यानर्जीले दार्जीलिंङ पहाड़को रैथानेहरुलाई देशकै मुलधाराबाट अलग गरिसकेको छ | यो ठाउँको रैथानेहरुले  बंगालबाट छुटिएर अलग राज्यको मांग गर्न पाउनु पर्छ | दार्जीलिंङ हाँसेको  हेर्न चाहनेले गोर्खाल्याण्डको मांगलाई सहयोग गर्न पर्छ | दार्जीलिंङ पहाड अलग राज्य सिवाय अन्य व्यवस्थामा पटकै हास्न सक्दैन | यो कुरा राज्यका मुख्यमन्त्री अनि मन्त्रीगण साथै नोकरसहाले बुझ्नु पर्छ | अहिले उल्टा प्रशासनले पहाडमा आतंक सिर्जना गराएर गणतन्त्रको आन्दोलनकारीहरुलाई गोजीको कानुन लाएर जेल भित्राउने कार्य गरिरहेको छ जसको मोर्चाको भात्रृ संगठन दार्जीलिंग तराई डुवर्स प्लान्तेशन लेबर यूनियन सिन्कोना जोन घोर बिरोध र निन्दा  गर्दछौ भनि यूनियन सचिव गगन राइले बाताएको छ | सचिव राइले देशभक्त राष्ट्रप्रेमी गोर्खा जातिलाई तृणमूलका बरिष्ट नेताले चिन देश र नेपाल जा  भनेको गालीले प्रमाणित गर्दछ की उनीहरुलाई यो ठाउँ मात्र चाहेको छ यहाको रैथानेहरु होइन | जमीनमा धलीमली गर्न सक्ने बंगाली उपनिवेशकवादको बिरोधमा हो  गोर्खाल्याण्ड आन्दोलन | बंगालले जानीबुजी नै आन्दोलनलाई राष्ट्रीय बिरोधी बनाउने षड्यन्त्र गरिरहेको छ वास्तवमा जनताको गणतान्त्रिक आन्दोलनलाई छलकपट गरेर राष्ट्रिय बिरोधी बनाउनेहरु नै देशको गधार र मिर जाफरहरु  हुन् भनि सचिव राइले आरोप लगाएको छ | आज ममताको चिटपट दुवै आफ्नो भएको छ | राज्यको उच्चन्यायलयलाई तृणमूलको हेडक्व्टर बनाएको छ | पहाडको जनताले केको लागी र किन आन्दोलन गर्दै अलग राज्य मांगदैछ? न्यायलयले बुजिदिनु पर्नेथियो तर आज उल्टा  उच्चन्यायलयले एक पाखे कानुन सुनाएर आन्दोलनकारीहरुको मनमा डड़ेलो सल्काएको छ,धिकार छ यस्ता फासिस्ट कानुनलाई भनि यूनियन सचिव गगन राइले एक प्रेस बिज्ञप्ती मार्फत दिएका छन | सचिव राइले आगामी २६ अगष्टको दिन छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलनलाई अरु उचाइमा पुराउन समस्त मङपुबासीलाई गोर्खाल्याण्डको पक्षमा महाजुलुसमा उपस्थित भइदिएर मङपुको एकता देखाई दिने  अपिल पनि गरेका छन |

राज्यको मुख्यमन्त्री ममता ब्यानर्जीले दार्जीलिंङ पहाड़को रैथानेहरुलाई देशकै मुलधाराबाट अलग गरिसकेको छ |

Read latest post filed under mungpoo news, political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.