एच.पी.डब्लु.यु द्वारा बगान गेंगम्यानसित अन्तरवार्ता

gnlf flag
आज मङपु लाब्दा बिभाग अन्तर्गत गोरामुमो पार्टीको युनियन (एच.पी.डब्ल्यु.यु) ले स्थानीय  लाब्दा विभागको गन्तीघरमा  सम्पूर्ण मजदुरवर्ग समक्ष छैटौंअनुसूची बारे औगत गराउदै यूनियन प्रबक्ता चमन प्रधानले बगान  मजदुर कर्मचारीवर्गको शीतकालिन भत्ता ढिलो भएको अनि  दैनिक हाजिरामा बढोत्तरी भए पनि महंगी भत्ताको एरियर अहिले सम्म नदिएकोमा सरकार पक्षलाई चाड़ै दिनु पर्ने मांग गर्दै यदि उक्त मांग ढिलो भएमा यूनियनले सडकमा उत्रिने चेताउनी दिएका छन | २०१२देखि यताको अस्थायी मजदुरलाई पन्द्र दिन भित्रमा स्थायीकारण गरिने भनेर विभागीय पक्षबाट अस्वशन पाएता पनि अहिले सम्म यस बिषयमा कुनै पहल नगरिदिएकोमा यूनियनले बगान अधिकारीवर्ग प्रति बिछोब प्रकट गरे | लाब्दा बिभाग भित्र सत्तासिन पार्टीले व्यापक रुपमा रुख काटेर  काठको तस्करी गरेकोमा पनि यूनियनले कडा शब्दमा बिरोध गरेको छ र उक्त बिषयमा खोज तलास गर्दै उक्त काठपात र रुखको तुरुन्त पूर्ण बिवरण सहित लिखित जानकारी दिने विभागीय गेंगम्यानलाई यूनियनले मांग गरेको छ | विभागीय अधिकारी अस्वस्थ भएको कारण आज गेंगम्यान सित् नै प्राय दुई घण्टा यूनियनले अन्तर्वार्ता गरे | आजको अन्तर्वार्तामा गोरामुमो पार्टी एव यूनियन नेता चमन प्रधान,दिलिप राई,शाखा सचिव इन्द्रबहादुर मोहोरा,सभापति गणेश वाइबा,प्रकाश राई,दिनेश राई,अल्बर्ट घिसिंङ,सदिर तामांग,शम्बु छेत्री,राम प्रधान उपस्थित थिए भन्ने जानकारी पार्टी सयोजक कैलाश पाख्रिनले प्रेस बिज्ञप्ती मार्फत दिएका छन |

आज मङपु लाब्दा बिभाग अन्तर्गत गोरामुमो पार्टीको युनियन (एच.पी.डब्ल्यु.यु) ले स्थानीय लाब्दा विभागको गन्तीघरमा सम्पूर्ण मजदुरवर्ग समक्ष छैटौंअनुसूची बारे औगत गराउदै यूनियन प्रबक्ता

Read latest post filed under mungpoo news, political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.