सिन्कोना श्रमिक कर्मचारीवर्गको समस्यलाई लिएर दा.त.डु.प्ला.ले.यु.को सभा

Cinchona plant in Mungpoo
मङपु२७नोभेम्बर(केशर मोक्तान) सिन्कोना बगान श्रमिक कर्मचारीवर्गको समस्यलाई लिएर दा.त.डु.प्ला.ले.यु.केन्द्रीय  समितिको  सभा आज स्थानीय रोय बंगलोमा संगठनका उपसभापति सन्तोष खावसको अध्यक्षतामा सम्पन्न भयो | सभामा सिन्कोना बगानको समस्यलाई लिएर दार्जीलिंङ तराई डुवर्स प्लान्तेशन लेबर युनियन सिन्कोना जोन केन्द्रीय समितिले चाड़ै नै सिन्कोना विभागीय सभासद सामुएल गुरुङलाई भेट गरि एक ज्ञापन चडाउने अनि बगान श्रमिक कर्मचारी अनि अधिकारीवर्गको समस्य चाडै नै समधान गर्ने बिषय सभामा छलफल गरियो | सभामा सिन्कोना बगानको तीनैवटा कारखाना पुन:संचालन झट्टै हुनु पर्छ,बगानमा सिन्कोना लगायत अन्य औषधिया पौदहरु खेती बढाएर लान पर्छ,सिन्कोना बगानमा रिक्त अधिकारीवर्गको पद झट्टै पुरा गर्न पर्छ,सिन्कोना बगानमा लाटपन्चर विभाग ठुलो बिभाग रहेकोले यसलाई दुई वाट बिभागमा बिभाजन गर्न पर्छ,रेसेप विभागलाई पूर्ण रुपले बिभाग बनाउन पर्छ,सम्पूर्ण सिन्कोना बगानमा सिन्कोना अधिनस्त नै पर्यटन स्थल बनाइनु पर्छ,मङपुमा भएको अर्किड हाउसलाई बगानको १० एकर जमीनमा बडाएर लैजाने योजना बिषयमा सभामा बहस गरे पछि उक्त सम्पूर्ण मांग बिषयलाई लिएर यूनियनले चाडै नै जी.टी.ए.विभागीय सभासद सामुएल गुरुङसित भेट गरि चाडै नै ज्ञापन चडाउने जानकारी यूनियन केन्द्र समिति सचिव गगन राईले बताएका छन | आजको सभामा दा.त.डु.प्ला.ले.यु.केन्द्रीय समिति कानुनी सल्हाकार तिलकचन्द्र रोका,क्षेत्रीय सभासद रतन थापा,मोर्चा मङपु जोन सचिव रतन लामा,कैलाश शर्मा,गगन राई सन्तोष खवाश लगायत सिन्कोना बगान सबै शाखाबाट यूनियन केन्द्रिय समिति सदश्य उपस्थित थिए |

सिन्कोना बगान श्रमिक कर्मचारीवर्गको समस्यलाई लिएर दा.त.डु.प्ला.ले.यु.केन्द्रीय समितिको सभा आज स्थानीय रोय बंगलोमा संगठनका उपसभापति सन्तोष खावसको अध्यक्षतामा सम्पन्न भयो |

Read latest post filed under mungpoo news
[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.