आज विपक्षीमा जानेहरु मोर्चाको नून खाएर गुण नदेख्नेहरु हुन् - सभासद रतन थापा

sabhasad ratan thapa
मङपु२८नोभेम्बर(केशर मोक्तान): आज स्थानीय रम्बी बीचकमान  शाखा अन्तरगत वार्ड नम्बर  ११ अनि १२मा मोर्चाको संगठानिक सभा एस.एस.के.स्कूल प्रागनमा शाखा सभापति राजबीर पाख्रिनको सभापतित्वमा सम्पन्न भयो | सभालाई सम्बोधन गर्दै क्षेत्रीय सभासद रतन थापाले आज छ महीना पछि यस क्षेत्रको परिभ्रमण गरेको बताए | रम्बी बीचकमान शाखाको वार्ड नम्बर ११ अनि १२ गोजामुमो पार्टी विस्तार भएको स्थल मान्दै यस ११ नम्बर वार्डमा सय दिने रोजगारबाट बनेको कच्चा सडकलाई अलकत्रे पक्का सडक निर्माण गरिदिने बचन दिए | सभासद थापाले गोरामुमोको तुल्नामा मोर्चाले यस क्षेत्रमा धेरै बिकाश गरेको ठोकुवा गर्दै यहाको यस एस.एस.के.स्कूललाई झट्टै  नै पक्की भवन निर्माण गरि दिने साथै यस एसएसके स्कूलमा रहेको शिशक आपूर्तिलाई पनि चाडै शिशकहरु भर्ना गरेर पुरा गरि दिने बचन दिए | आज मोर्चा  छोडेर बिपक्छीमा जानेहरु नुन खाएर गुण नदेख्ने रहेको संज्ञा दिदै आज पनि मङपुमा 95 प्रतिसत जनता गोजामुमोमा नै रहेको दाबी  गरे | सभासद थापाले आज पुलिस र दैनिक पत्रिकाले बिपक्षीहरुलाई उक्साएको आरोप लगाउदै एक नेपाली दैनिक पत्रिकाले तृणमुलको पक्षमा मात्र लेखेको पनि आरोप लगाए | यसरी १२ नम्बर वार्ड भैसीटार स्कूल भवनमा पनि सम्बोधन गर्दै सभासद रतन थापाले गोजमुमोले गोर्खाल्याण्डको मुद्दालाई भुलेको छैन मोर्चाले भारतको संबिधानमा आधारित गोर्खाल्याण्डको मुद्दा उठाउन सक्नेछ भनि जीटीएको त्रिपक्षीय सम्झौतामा पनि उल्लेख गरिएको जनाए | आज टीएमसीमा जानेहरु गोर्खाको रगत नभएको भन्दै उनीहरु टीएमसीमा गएर आफ्नो हृदय  र मन बद्लाएको आरोप लगाए | आज तृणमूल सित मुद्दा नभएको जनाउदै तृणमूलले सय दिने रोजगार माथि राजनीति गरेको पनि आरोप लगाए | सय दिने रोजगार राष्ट्रीय योजना रहेको हुनाले यसमाथि राजनीतिकरण नगरिदिने उनले बिपक्छीहरुलाई अपिल गरे | सभासद थापाले सिन्कोना उध्योग जी.टी.ए.भित्र अन्तरभुक्त भएको दाबी गर्दै सिन्कोनको सम्पूर्ण बिकाश जीटीए मार्फत नै हुने सभामा बताए | आजको वार्ड परिभ्रमण एव सभामा मोर्चा मङपु जोन सचिव रतन लामा,सभापति प्रदीप छेत्री,यूनियन सचिव गगन राई लगायत पार्टीका अनि शिर्ष नेतृत्ववर्ग उपस्थित थिए |

आज स्थानीय रम्बी बीचकमान शाखा अन्तरगत वार्ड नम्बर ११ अनि १२मा मोर्चाको संगठानिक सभा एस.एस.के.स्कूल प्रागनमा शाखा सभापति राजबीर पाख्रिनको

Read latest post filed under political news
[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.