मङपूमा शीतकालीन फुटबल प्रशिक्षण शुरु

Mungpoo Winter football Coaching
मङपू४जनवरी(केशर मोक्तान): प्रत्येक बर्ष झैँ यस बर्ष पनि स्थानीय मङपू बिभाग खेलकुद समितिको तत्वधानमा शीतकालीन फुटबल शिविर शुरु भएको छ | शीतकालीन बिदाको समय नानीहरुलाई शिक्षा संगसंगै शारीरिक स्वास्थ्यतामा सबल तुलाउन साथै  विभिन्न कुलतबाट टाडा राख्न एवं फुटबलका बिभिन्न ज्ञानहरुको प्रशिक्षण दिएर स्थानीय खेलाडीहरुलाई राष्ट्रिय स्तर सम्म पुरयाउनलाई आयोजक समितिले फुटबल प्रशिक्षण शिबिर राखिएको बताइएको छ | मङपू बिभाग खेलकुद समितिले चार बर्ष अघि देखि लगातार रुपमा  शीतकालीन फुटबल प्रशिक्षण शिबिर गर्दै आइरहेको छ | यसरी बिहिबारको दिन मङपू विभागीय फुटबल एकादमी सभापति एवं शारधा विधालयका प्रधानाध्यापक प्रकाश चन्द्र राईको अध्यक्षतामा यस बर्ष २०१४को निम्ति फुटबल प्रशिक्षण शिबिर स्थानीय विभागीय जनमैदानमा शुरु गरिएको छ | त्यस खेलकुद कार्यक्रममा फुटबल प्रमुख प्रशिक्षक सोनाम वांङदी भुटिया साथै प्रशिक्षक भाष्कर थापाले फुटबल प्रशिक्षण सम्बन्धि खेलाडीहरुलाइ ज्ञानका कुराहरु राखे | उक्त खेलकुद कार्यक्रममा विभागीय ग्यांगम्यान हरिप्रसाद राई,लगायत  समिति सचिव प्रेमछेरिंग भुटिया, गगन राई,प्रवेश गुरुङ,टी.बी लेप्चा,निमा फिपन प्रदीप छेत्री उपस्थित थिए भन्ने जानकारी किशोर थापाले दिएका छन |

प्रत्येक बर्ष झैँ यस बर्ष पनि स्थानीय मङपू बिभाग खेलकुद समितिको तत्वधानमा शीतकालीन फुटबल शिविर शुरु भएको छ |

Read latest post filed under mungpoo news, sports

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.