विभिन्न स्थानहरुमा तामाङ बुद्धिष्ट माइनोरेटी वेल्फ़ेयर सोसाइटीको सभा

Tamang Buddhist minority welfare society
चामुक कोठी गाउँ खेलमैदानमा पासांग म्हेमेको अध्यक्षतामा तामाङ बुद्धिष्ट माइनोरेटी वेल्फ़ेयर सोसाइटीको एक सभा सम्पन्न भयो | सभामा बुद्धिष्ट अल्पसंख्यक तामाङ सन्तानलाई सरकारद्वारा सहुलियतहरु प्रदान गर्दै आइरहेता पनि आज सम्म ती सहुलियतहरु पाउनबाट बन्चित रहेकामा नै सम्पूर्ण तामांङ सन्तानलाई उक्त बिषयमा जागरुक गराउन तामांङ बुद्धिष्ट माइनोरेटी संस्था खडा गर्नु परेको जानकारी संघका संस्थापक सदश्य कर्म ब्लोनले उपस्थित तामांङ सन्तानलाई औगत गराए | उनले बुद्धिष्ट तामांङ सन्तानलाई उक्त बिषयमा सचेत गराउन अनि सरकारद्वारा पाईरहेको सहुलियतहरु प्रदान गराउन हेतु नै तामाङ बुद्धिष्ट माइनोरेटी वेल्फ़ेयर सोसाइटी गठन गरिएको र हालमा यस संस्थाले तामाङ बुद्धिष्ट जातिलाई सरकारबाट प्राप्त हुने सहुलियतहरु दिलाउन सफल भएको ठोकुवा गरे | उनले यस संस्था गठन भए देखि यता सरकारी तथा गैरसरकारी बिधयालयमा अध्यनरत अल्पसंख्यक विधार्थीहरुलाई पनि सरकारद्वारा प्रदान गरिने सहुलियतहरु दिलाउन सक्षम बनेको कुरो जनाए | यसरी तामांङ बुद्धिष्ट एक  भएमा सरकारद्वारा प्रदान गरिएको सहुलियतहरु पूर्ण रुपमा यस संस्थाले दिलाउन सक्ने कुरो उनले जनाए | यसरी संघ केन्द्रीय समिति सभापति गंगा ब्लोनले पनि सरकारले आज बुद्धिष्ट तामांङ जातिलाई एक हातमा ट्राइबल अनि अर्को हातमा मानोरेटीको सहुलियतहरु प्रदान गर्दै आएता पनि आज हाम्रो जातिलाई सठीक सित मार्गदर्शन गराउने संघ संस्था नभएको कारण नै हाम्रो जाति उक्त सहुलियत पाउनबाट बन्चित हुन् परेको कुरो उपस्थित तामांङ सन्तानलाई बताए | यसैले अब उसो समग्र तामांङ बुद्धिष्ट जाति एक भएर सरकारद्वारा प्राप्त हुने आफ्नो हक र अधिकारको निम्ति यस संस्था मार्फत अघि आउने अपील गरे | उक्त  सभामा यस क्षेत्रमा कार्यकारिणी सद्श्यको रुपमा उदय पाख्रीन,कर्म तामांङ,मदन थिङ,रमेश तामाङ,मनोज तामांङ मनकुमार वाइबा अनि लोकबहादुर बम्जनलाई चयन गरियो भने ती सदश्यहरु  मार्फत चाडै नै चामुक क्षेत्रमा तामाङ बुद्धिष्ट माइनोरेटी वेल्फ़ेयर सोसाइटीको शाखा गठन गरिने जानकारी प्राप्त भएको छ भने उक्त सभामा सय भन्दा अधिक तामांङ सन्तान उपस्थित रहेका थिए |

लाब्दा बस्तीमा  तामांङ बुद्धिष्ट माइनोरेटी  वेल्फ़ेयर सोसाइटीको सभा सम्पन्न 

स्थानीय लाब्दा बस्ती गुम्बा परिसरमा तामांङ बुद्धिष्ट  माइनोरेटी वेल्फ़ेयर सोसाइटीको  एक सभा के.एस.तामांङको अध्यक्षतामा  सम्पन्न भयो | सभामा सन्तबीर  तामांङले “तामांङ बुद्धिष्ट” जाति अल्पसंख्यक रहेको कारण सरकारबाट प्राप्त हुने सहुलियत बारे  सबैलाई जानकारी गराउदै उक्त सहुलियत प्राप्त गर्नको निम्ति समग्र बुद्धिष्ट  तामांङ सन्तान एक हुने पर्ने  अपील गरे | उक्त सहुलियतहरु सरकारद्वारा प्राप्त गर्नको निम्ति नै तामांङ बुद्धिष्ट माइनोरेटी वेल्फ़ेयर सोसाइटी गठन भईसकेको अनि यसको शाखा लाब्दा बस्तीमा पनि गठन गर्नको निम्ति नै आजको सभा राखिएको सन्तबीर तामांङले बताए | यसरी बुद्धिष्ट तामांङ सन्तानको उपस्थितिमा लाब्दा बस्ती तामांङ बुद्धिष्ट माइनोरेटी वेल्फ़ेयर सोसाइटीको शाखा गठन गरियो जसमा भिलेज चीफ सन्तबीर तामांङ,सभापति सुरेन तामांङ,उपसभापति महाबीर तामांङ,मूल सचिव उर्गेन तामांङ, उपसचिव गुन्जा तामांङ कोषाध्यक्ष दिनेश तामांङ.लेखापरीक्षक राकेश तामांङ प्रमुख सल्हाकार के.एस तामांङ,प्रेम तामांङ अनि सजित तामांङ लगायत अन्य १० जनालाई कार्यकारिणी सद्श्यको रुपमा चयन गरियो | उक्त शाखा केन्दीय समिति अध्यक्ष गंगा ब्लोन अनि संस्थापक सदश्य कर्म ब्लोनको अनुमोदनमा गठन गरिएको समष्टि सयोजकले जानकारी दिएका छन |

चामुक कोठी गाउँ खेलमैदानमा पासांग म्हेमेको अध्यक्षतामा तामाङ बुद्धिष्ट माइनोरेटी वेल्फ़ेयर सोसाइटीको एक सभा सम्पन्न भयो |

Read latest post filed under regional news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.