प्रत्येक मानिसहरुको आफ्नो छुट्टै परिचयको निम्ति युनिक आइडेन्टीफिकेशन औथोरिटी अफ इण्डिया द्वारा १२ संख्या भएको परिचय संख्या युक्त कार्ड बनाइने योजना चलिरहेको छ र यसै बाह्र संख्या भएको परिचय पत्रलाई आधार कार्ड(Adhaar Card) भनिन्छ | यस आधार कार्ड एकपल्ट बनिएपछि जीवन भरको निम्ति एउटै रहने भएकोले अनि समय समयमा परिवर्तन गर्न नसकिने हुनाले हरेक व्यक्तिले एकैपल्टमा आफ्नो सही जानकारी दिएर आधार कार्ड बनाउन पर्ने जानकारी गराइन्छ |
आधार कार्डको नम्बरले कुनै पनि व्यक्तिको सठीक जानकारी एवम ठेकाना चिन्हित गरिने भएकोले यसलाई आगमी दिनहरुमा बिशेष: महत्वपूर्ण मानिएको छ |
आगमी दिनहरुमा आधार कार्ड द्वारा ब्यांकको खाता खोलाउन, विदेश जानेहरुको निम्ति पास पोर्ट बनाउन साथै रेल तथा हवाई सेवाहरुको निम्ति इ – टिकटहरु काट्नको निम्ति प्रयोग गरिनेछ | यही आधार कार्ड बनाउने प्रक्रिया हालमा ताक्दा खण्ड बिकाशको ग्राम पंचायतहरुमा क्रमैले संचालन भइरहेको छ | आधार कार्ड बनाउनको निम्ति निम्नलिखित जानकारीहरु अथवा कार्डहरुको आवश्यकता पर्नेछ :-

- १८ वर्षदेखि माथिकाहरुको निम्ति: भोटर कार्ड,प्यान कार्ड, ड्राइभिंग लाइसेन्स, जब कार्ड अथवा राशन कार्डहरुमा कुनै एउटा कार्ड हुनपर्नेछ |
- १० देखि १८ वर्षसम्मका निम्ति बर्थ सर्टिफिकेट, स्कूल सर्टिफिकेट, राशन कार्ड आदिमा कुनै एउटा हुन आवश्यक छ |
- १८ वर्ष पुगेर पनि भोटर कार्ड नभएको खण्डमा स्कूल वा बर्थ सर्टिफिकेट संग राशन कार्ड हुन पर्नेछ|
हालसम्म मंग्पूमा बनिएको आधार कार्डहरुको जानकारी:
- इ०बी० नम्बर ९५ र ९६ को २२/२३/२४ फरवरी ( ग्राम सेवक प्राइमेरी पाठशालामा)
- इ०बी० नम्बर ९७ को २६/०२/१४ (लाब्दा प्राथमिक पाठशालामा)
- इ०बी० नम्बर ९८ को २७/२८ फरवरी अनि १ मार्चको दिन रोय बंगलोमा
सम्पूर्ण जानकारी पंचायत कर्मी रबिन कुमार तामांगले दिइएको छ |