मङपु१५फरवरी(केशर
मोक्तान): एनएचपीसी टिस्टा जलबिधुत
परियोजना चरण तीन अनि
रम्बी स्वास्थ्य केन्द्रको
सयुक्त तत्वाधानमा स्थानीय
स्वास्थ्य केन्द्रमा निशुल्क
हेपाटाईटिस बी खोप शिबिर आयोजना
गरियो | उक्त स्वास्थ्य जाच शिबिर
अनि हेपाटाईटिस खोपको उद्घाटन
एनएचपीसी टीएलडीपी तीनका मुख्य
अभियन्त प्रभारी एस.अधिकारीले
गरे भने त्यस कार्यक्रममा प्रमुख
अतिथिको रुपमा रम्बी स्वास्थ्य
केन्द्रका बीएमओएच सी.के.छेत्री
उपस्थित थिए | कार्यक्रमलाई
सम्बोधन गर्दै एनएचपीसी टीएलडीपी
तीनका मुख्य अभियन्त प्रभारी
एस.अधिकारीले स्थनीय बासिन्दाहरुको
निम्ति हेपाटाईटिस बी को खोप
लिन अति जरुरी रहेको बताउदै
यो खोप तीन पल्ट सम्म लगाउनु
पर्ने बिस्तृत जानकारी गराए
अनि एनएचपीसीको पक्षबाट तीन
पल्ट नै निशुल्क रुपमा उक्त
हेपाटाईटिस बी खोप शिबिर निशुल्क
रुपमा आयोजन गर्ने बताए | आज
रम्बी, मङपु, सिम्ले लगायत वरिपरी
क्षेत्रका २४८ जनाले हेपाटाईटिस
बी खोप लगाए भने उनीहरुले फेरी
आगमी ११ मार्च २०१४ दोश्रो
पल्ट अनि ११ जुलाई २०१४ मा तेस्रो
पल्ट रम्बी स्वस्थ्य केन्द्र
गई हेपाटाईटिस बी को खोप लगाउने
पर्ने जानकारी एनएचपीसीका
अधिकारी कौशिक दाशले बताएका
छन | उक्त दोस्रो अनि तेस्रो
पल्टको शिबिर पनि एनएचपीसी
चरण तीन अनि रम्बी स्वास्थ्य
केन्द्रको सयुक्त तत्वाधानमा
निशुल्क रुपमा हुने भएको छ |