महिला बन्ध्याकरण शिबिर सम्पन्न

mahila-bandhyakaran
स्वास्थ्य अनि परिवार कल्याण बिभाग प.बंगाल सरकारको  निर्देशन अनि तक्दा खण्ड प्राथामिक स्वास्थ्य केन्द्र  अनि मङपु सरकारी सिन्कोना बगानको सयुक्त आयोजनामा बर्ष २०१४ को पहिलो स्त्री बन्ध्याकरण(Mahila Bandhyakaran) शिबिर आज स्थानीय मङपु सरकारी अस्पतालमा सम्पन्न  भयो | परिवार नियोजनको संखघोस गर्ने देश भारत विश्वमा चीनको हाराहारीमा पुगिसकेको हुनाले यो हामी भारतीयहरुको  लागि खेदपूर्ण रहेको छ | आयतनको आधारमा विश्व मानचित्रमा २ प्रतिसत ओगट्ने भारत देश जनसंख्याको आधारमा १७ प्रतिसत ओगट्न  सक्षम रहेको तथ्यांकबाट नै अनुमान लगाउन सकिन्छ कि भारत देशमा परिवार नियोजन अतिनै आवश्यक रहेको छ | परिवार नियोजन बारे बिभिन्न स्थायी अस्थायी साधनहरु लगायत सरकारी सहुलियतहरु स्वास्थ्य बिभागद्वारा जनमानसमा पुराउने ब्यावस्था भईरहेको छ | यी सबै निःशुल्क सेवाहरु देश भरिनै गाउँ बस्तीमा शहर अन्तर्गत अनेकन उपकेन्द्रहरु स्थापना गरिएको छ | यस्ता विभागीय सुबिधारुको लाभ उठाउन सबै सजक बनाऊ | आजको शिविरमाजम्मा १६ जना आमाहरुले परिवार नियोजनको स्थायी साधन अपनाए भने उक्त शिविरमा खरसंग महकुमा अस्पतालका डा.टेरेन्स सन्दीप बिश्वाश, डा.स्वापन कुमार रोयद्वारा शल्यक्रिया सम्पन्न गरेको जानकारी तक्दा खण्ड प्राथामिक स्वास्थ्य केन्द्र डा.पी.पी रोयले दिएका छन | यसरी आजको स्वास्थ्य कार्यमा मङपु बिधुत विभागले पनि बिधुत कार्यमा सहयोग पुराएकोमा खण्ड स्वास्थ्य निरक्षक गोविन प्रदानले बिधुतबिभाग प्रति आभार व्यक्त गरेका छन| आजको स्वास्थ्य कार्यमा मङपु स्वास्थ्य केन्द्रका कर्मीहरुले पनि सहयोग पुराएको थिए |

स्वास्थ्य अनि परिवार कल्याण बिभाग प.बंगाल सरकारको निर्देशन अनि तक्दा खण्ड प्राथामिक स्वास्थ्य केन्द्र अनि मङपु सरकारी सिन्कोना बगानको सयुक्त आयोजनामा बर्ष २०१४ को पहिलो स्त्री बन्ध्याकरण(Mahila Bandhyakaran)

Read latest post filed under mungpoo news

Contact Form

Name

Email *

Message *

Powered by Blogger.