सिन्कोना बगान अस्थायी श्रमिक चाडै स्थायी हुने

Mungpoo Cinchona quinine Factory
मङपु५मार्च(केशर मोक्तान): सिन्कोना बगान अस्थायी श्रमिक(सिजनल लेबर)लाई झट्टै स्थायी गरिनु परिने मांग गर्दै दार्जीलिङ तराई डुवार्स प्लान्तेशन लेबर युनियन प्रतिनिधि टोलीले हिज स्थानीय निर्देशक बंग्लोमा बगान निर्देशक डा.सामुएल राई सित भेट गरे | युनियन सचिव गगन राईले बताए अनुसार दा.त.डु.प्ला,ले.यु. झट्ट भन्दा झट्ट मङपुको पाचवटा विभागको २४७ जना अस्थायी श्रमिक(सिजनल लेबर)लाई स्थायी गरिन पर्छ भन्ने मांग धेरै अघि देखि गर्दै आएका थिए भने उक्त बिषयलाई लिएर नै हिज निर्देशक अनि युनियन माझ महत्वपूर्ण बैठक सम्पान भयो | बैठक पछि सिन्कोना बगान निर्देशकले सम्पूर्ण अस्थायी श्रमिकलाई स्थायी गर्ने अर्डर पास गरेको कुरो सचिव राईले जनाए | यसरी बगान निर्देशकबाट आदेश जारी भए पछि आगमी एक हप्ता भित्रमा मङपु,लाब्दा,रेसेप,बीचकमान अनि रन्जुभेल्ली बिभागका सम्पूर्ण अस्थायी श्रमिकहरु स्थायी हुने जानकारी दा.त.डु.प्ला,ले.यु सिन्कोना जोन केन्द्रिय समिति सचिव गगन राईले जानकारी दिएका छन | हिज युनियन प्रतिनिधिको साथमा गोजामुमो मङपु जोनको प्रतिनिधिहरु पनि बैठकमा उपस्थिति रहेका थिए |

सिन्कोना बगान अस्थायी श्रमिक(सिजनल लेबर)लाई झट्टै स्थायी गरिनु परिने मांग गर्दै दार्जीलिङ तराई डुवार्स प्लान्तेशन लेबर युनियन प्रतिनिधि टोलीले हिज स्थानीय निर्देशक बंग्लोमा

Read latest post filed under mungpoo news
[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.