आज स्थानीय लाब्दा बिभाग सधिर
तामांङको बासस्थानमा गोरामुमोको
एक आकास्मिक सभा गोर्खा राष्ट्रिय
नारी संगठन सभानेत्री सरिता
तामांङको अध्यक्षतामा सम्पन्न
भयो | सभामा लाब्दा बिभाग जीएनडब्लुओ
गठन गरियो जसको सभानेत्री सरिता
तामांङ,उपसभानेत्री शर्मिला
तामांङ,सचिव पुनम राई,उप सचिव
शारदा तामांङ,कोषाध्यक्ष रेजिना
राई लगायत अन्य १६ जनालाई कार्यकारिणी
सद्श्यको रुपमा चयन गरियो | आजको
सभामा बक्ताहरुले सम्बेदानिक
ग्यारेन्टी भएको छैटौं अनुसूचीले
मात्र गोर्खाहरूको भविष्य
उज्ज्वल पार्ने ठोकुवा गर्दै
गोरामुमो सुप्रिमो सुबास घिसिंङको
जो निर्देश हुन्छ सोहि आदेशमा
लोकसभा चुनावमा मत खसाल्ने
सभामा पारित गरियो | आजको सभामा
लाब्दा बिभाग भिलेज चीफ भिक्टूर
पाख्रीन,दिलीप राई लगायत सम्पूर्ण
जीएनडब्लुयुका कार्यकर्ता
उपस्थित रहेका थिए |