मङपु३मार्च(केशर मोक्तान): मङपुका प्रतिष्ठित
भजन गायक पदम बराईलीलाई हिज
सिलगडी दिनबन्धु मन्चमा आयोजित
एक कार्यक्रममा दार्जीलिङ
क्षेत्रका लोक कलाकारको रुपमा
प.बंगाल सरकारद्वारा सम्मानित
गरेका छन | भजन गायक बराईलीलाई
कलाकार परिचयपत्र प्रदान गरेर
सम्मान जनाए पछि, प.बंगालको
लोक कलाकारको सुचिमा उनको नाम
पन्जीकरण गरिएको छ | गायक पदम
बराईलीको भजन तथा भक्ती गीत
दूरदर्शनबाट पनि प्रसारण भइसकेका
छन भने उनी आकाशबाणी खर्संाङका
लोक गीतका अस्थायी बासुरी बादक
पनि हुन | भजन गायक बराइली अघिबाट
नै हिन्दीमा उपासना अनि नेपालीमा
आराधना क्येसेट रेकर्डिङ गरेर
बजारमा निकाल्न सक्षम बनेका
छन | उनले पाएका यस सम्मानले
मङपुको संगीत श्रोतामा हर्षको
लहर छाएको छ | गायक बराइलीलाई
मङपुबासी संगीत श्रोताले बधाई
टक्राएका छन |