स्वतन्त्र दिवश नकआउट फुटबल फाईनल सालुगड़ा अनि दार्जीलिंङ पुलिस माझ हुने

Independance day football tournament mungpoo
मङपु खेलकुद संघको तत्वाधानमा सम्पन्न भईरहेको स्वतन्त्र दिवश फुटबल प्रतियोगिता पहिलो सेमीफाइनल खेलमा  फाप्री स्पोर्टिंग क्लब सालुगडा (Fapri Sporting Club Salugara)ले हाट ११ नालीडाड़ालाई शुन्यको विरुद्द २ गोल गरि फाईनल पुग्न सफल भएको छ | यसरी आज स्थानीय मैदानमा सम्पन्न भएको दोश्रो सेमीफाइनल खेलमा दार्जीलिंङ पुलिस (Darjeeling Police) ले रन्जुभेल्ली ११ लाई २ को विरुद्द ४ गोल गरि फाईनलमा प्रवेश गरेका छन भने आगमी 15 अगष्टको दिन फाईनल खेल फाप्री स्पोर्टिंग क्लब सालुगडा अनि दार्जीलिंग स्पोटिंग क्लब माझ भीडन्त हुनेछ |  आज नै सम्पन्न भएको जुनियर विभागको खेलमा सरस्वती बिधालय निलोले सरस्वती विधालय पहेलोलाई २-० ले  पराजित गरि फाईनल पुग्न सफल भएका छन | अर्को दोस्रो सेमीफाइनल खेलमा मङपु फुटबल एकाडमीले  शारदा विधालयलाई २-१ ले पराजित गरि फाईनलमा प्रवेश गरेका छन | स्वतन्त्र दिवश नकआउट फुटबल फाईनल खेलमा बिजेतालाई नगद राशी २० हजार अनि उपबिजेता दललाई १० हजार सहित ट्रफी प्रदान गरिने भएको छ | आगमी 15 अगष्टको दिन मङपु खेलकुद संघको तत्वाधानमा बिहान  ९ .३० बजे देखि रगारंग कार्यक्रम आरम्भ हुने जानकारी संघका सचिव किरण पाख्रीनले दिएका छन |

मङपु खेलकुद संघको तत्वाधानमा सम्पन्न भईरहेको स्वतन्त्र दिवश फुटबल प्रतियोगिता पहिलो सेमीफाइनल खेलमा फाप्री स्पोर्टिंग क्लब सालुगडा (Fapri Sporting Club Salugara)ले हाट ११ नालीडाड़ालाई शुन्यको विरुद्द २ गोल गरि फाईनल पुग्न सफल भएको छ | यसरी आज स्थानीय मैदानमा सम्पन्न भएको दोश्रो सेमीफाइनल खेलमा दार्जीलिंङ पुलिस (Darjeeling Police)

Read latest post filed under sports

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.