लाब्दा ग्राम पंचायत अन्तर्गत
उपमार्ग सेल्फ हेल्प ग्रुपले
वृक्षरोपन गर्नको साथै यस क्षेत्रमा
धेरै नै सामाजिक कार्यहरु गर्दै
आईरहेका छन भने यस चोटी उक्त
उपमार्ग एसएचजीले जीर्ण अवस्थामा
रहेको जोगीघाट पुललाई मर्मत
गरेका छन | मङपु अनि सिटोङलाई
झोड़ने एक मात्र जोगीघाट झोलुङ्गे
पुलको बीचमा काठहरु भाचिएर
जनसाधारणको खुट्टा छिर्ने
अवस्थामा थियो भने यस पुललाई
मर्मत नगरेको भए ठुलो दुर्घटना
हुने सम्भावना थियो | तर
उक्त काठको झोलुङ्गे पुलको
जीर्ण अवास्था देखेर उपमार्ग
एसएचजीका युवाहरु अघि आई पुललाई
मर्मत गरेर सराहनीय कार्य गरेका
छन | उक्त पुलको छेऊमा स्टील
ब्रिज निर्माण हुदै गरेतापनि
उक्त स्टील ब्रिजको फ्लोरिंङ
कार्य नभएकोले हाल सालमा सिटोङ
अनि मङपुका आम नागरिक यस झोलुङ्गे
पुलबाट नै हिड्न बाध्य छन | यसैले
स्थानीय जनताले उक्त नवनिर्मित
स्टील ब्रिजलाई झट्टै तयारी गरिदिने
सम्बन्धित विभागलाई अपील गरेका
छन | आज उपमार्ग एसएचजी ग्रुपका
ग्रुप लिडर दिपेन योन्जनको
अगुवाइमा दलका सदश्य सन्तोष
सिङदन,शेखर मोक्तान,मन्तोष
सिंङदन,धुर्ब राई,सैलेन्द्र
पाख्रीन,सन्तकुमार राई,दिनेश
राई दावा नर्बु तामांङ,समर
मोक्तान,ममंच्न तामांङ साथै
समाजसेवी व्यक्तित्व देबिराम
छेत्री अनि बिक्रम राईको उपस्थितिमा
उक्त पुलको मर्मत कार्य गरियो |

Post a Comment
We love to hear from you! What's on your mind?