मङपुमा सेन्ट अपको प्रश्न पत्र विवादको घेरोमा

Saraswati Higher Secondary School Mungpoo
मङपु क्षेत्र अन्तर्गत पर्ने बिधालयहरुमा हालमा दशौ श्रेणीको सेन्ट अप परिक्षा प्रश्न पत्र एक पल्ट विवादको घेरोमा आएको छ | बिशेष सेन्टअप परीक्षापत्र बिगत केही  बर्ष देखि स्थानीय बिधालयहरुले जेएसटीओ अनि हेडमास्टर एसोसिएसनको (एच.ए) प्रश्न पत्र चलाईरहेको थाहा लागेको छ | यसैकारण यस बर्षपनि स्थानीय सरस्वती बिधालयले यी दुईबाट नै सेन्टअपको प्रश्न पत्र चलाउदा विवादको घेरोमा आएको छ | बिशेष जेएसटीओले २४ नोभम्बर देखि परीक्षा शुरु गर्ने सबै बिधालयलाई जनाउदै एक महीना अघि नै परीक्षा पत्र रुटिन दिसकेको जानकारी छ | यसै रुटिन अनुसार आज जीवबिज्ञान  बिषयको परीक्षा सबै बिधालयहरुमा हुनु पर्ने थियो | तर मङपु सरस्वती उच्चतर माध्यमिक बिधालयमा २६ नोभेम्बर २०१४को दिन नै सेन्टअपको बिधार्थीवर्गलाई बिधालय कृतपक्षले  जीवबिज्ञानको परीक्षा गराएको छ  | यसरी आज २८ नोभेम्बर को दिन जेएसटीओंको रुटिन मुताबिक नै मङपु वरिपरी अन्य बिधालयका छात्रछात्रावर्गले  जीवबिज्ञान बिषयको सेन्टअप परीक्षा  दिन जादा प्रश्न अगावै लिक भएकोले स्थानीय अगमसिह गिरी निम्न उच्च माध्यमिक बिधालयका बिधार्थीहरुले सजिलै सित सय प्रतिसत परीक्षा गरे | यसरी प्रश्न पत्र अगावै लिक भएको कारण अगमसिह गिरी निम्न उच्च माध्यमिक बिधालयका प्रधान अध्यापक रुपास बम्जनले असन्तुष्ट जाहेर गर्दै बिधार्थीहरुमा परीक्षाको मुल्य नरहेको बताए | उनले आगमी दिन यस्तो गल्तीहरु फेरि  नदोहोरियोस  भन्दै सबै बिधालयले अनुशासनबद्ध भएर जेएसटीओको रुटिन मुताबिक नै एकै साथ परीक्षा गराईदिने प्रधानअध्यापक बम्जनले अपील गरे | अर्कोतिर यस बिषयमा सरस्वती उच्चतर माध्यमिक बिधालयका प्राध्यापिका देवीका तामांङ सित जान्न चहादा बिधालयले दुईवटा बोर्ड जेएसटीओ अनि हेडमास्टर एसोसिएसनको(एच.ए) को प्रश्न पत्र चलाएको कारण नै २६ नोभेम्बर दिन नै जेएसटीओ जीवविज्ञानको प्रश्न पत्र सेन्टअप परिक्षार्थीहरु  माझ चलाएको गल्ती स्वीकार गरे | अर्कोतिर बिशेष शुत्रद्वारा थाहा लागे अनुसार यस बिज्ञान प्रश्न पत्र मात्र नभएर अन्य बिषयको प्रश्न पत्र पनि अगावै लिक भईरहेको जन्नामा आएको छ | प्रत्येक स्कुलमा एकै दिनमा एकै बिषयको सेन्टअप परीक्षा भएता पनि कोही बिधालयमा बिहान अनि कोही  बिधालयमा बेलुका परीक्षा समय चलेकोले बेलुका परीक्षा गर्ने बिधार्थीवर्गले अगावै प्रश्न पत्र  प्राप्त गरिरहेको जान्नमा आएको छ | उक्त बिषय मा जेएसटीओ मङपु क्षेत्रका सभापति अनि सरस्वती बिधालयका सहशिक्षक कमल छेत्रीसित जान्न चाहँदा सरस्वती बिधालयमा १९ नोभम्बर देखि नै एच.ए बोर्डको  प्रश्न पत्र   चलाईरेहेको र  तर बिधालयको प्रध्यापिकाले कसैलाई सर सल्लाह नगरी २६ नोभेम्बरको दिन जेएसटीओको जीवविज्ञानको प्रश्न पत्र चलाईको कारण नै यस्तो गल्ती हुन् पुगेको बताए | यसमा जेएसटीओको कुनै गल्ती नरहेको र जेएसटीओले सुची मुताबिक नै सबै बिधालयमा प्रश्न पत्र पठाएको जानकारी दिए | यी सबै कुराहरुलाई मध्य नजर राख्दै  सम्बन्धीत कृतपक्षले सहि समय र सहि दिनमा प्रत्येक बिधालयमा सेन्टअप परिक्षा गराउन नितान्त अवश्यक देखिएको छ नत्र पहाडको शिक्षामा हास आउने छाट देखा परेको छ |

मङपु क्षेत्र अन्तर्गत पर्ने बिधालयहरुमा हालमा दशौ श्रेणीको सेन्ट अप परिक्षा प्रश्न पत्र एक पल्ट विवादको घेरोमा आएको छ |

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.