सुन्तला फलाई घट्दै गएकोले मंग्पूका कृषकहरु चिन्तित

Orange plucking in mungpoo Darjeeling
केशर मोक्तान: मङपुबासीको निम्ति सिन्कोना पछि दोस्रो आय श्रोत  सुन्तला खेतीलाई मानिलिन सकिन्छ | सुन्तला खेतीको कारण स्थानीय कृषक दाजुभाईले नानीहरुलाई पढ़ाउनुको साथमा परिवारको जीविका चलाइरहेका छन् | तर प्रतिबर्ष सुन्तलाको  फल कम्ती फलाई र सुन्तलाको बोट सुक्ने रोगले ग्रस्त भएको कारण स्थानीय कृषक दाजु भाई चिन्तित बनेका छन | यस्तै प्रकारले हो भने आगामी दुई बर्ष भित्र यस क्षेत्रमा सुन्तलाको फलाई प्राय शुन्य भएर जाने छाट देखा परेको छ | यसरी कृषक एस.लेप्चाले  सुन्तलालाई मलजल गरेर दिनमा ८ घण्टा सम्म श्यारसुसार गरे पनि सुन्तलाको बोटमा किरा लागेर पहिले भन्दा फलाई कम्ती भएको कारण पहिले ५० हजारमा बिक्री गरिने सुन्तला बगान यस बर्ष केवल १० हजारमा मात्र बिक्री गर्न सकिएको जनाए | आफुले प्रतिबर्ष सुन्तलाको नयाँ बिरुवा रोपे पनि पुरानोबोट संगै नयाँ बोटमा पनि टुप्पो सुकेर मरेर गए पछि अब सुन्तला खेती गर्ने इच्छा नै हराएर गएको कृषक लेप्चा बताउछन् | बाजे पुर्खाको पालो देखि नै आफ्नै बलबुतामा सुन्तला खेती गर्दै आईरहेका कृषक लेप्चाले अहिले पनि आफनै प्रयासमा सुन्तला खेती गरि परिवारको जीवका चलाइ आएको बताउदै यसरी बर्षेनी सुन्तला खेती घट्दै गएकोले अब परिवारको जीविका चलाउन धेरै सार्हो पर्ने कुरो पेरुक बस्ती निवासी एस लेप्चा जनाउछन | उनेल अहिले सम्म यस बिषयमा कृषक दाजुभाईको निम्ति सरकारले केहि पहल नगरिदिएकोमा गुनासो पोख्दै सरकारले पनि यस बिषयमा ध्यान दिन नितान्त आवश्यक रहेको कुरो जनाए | गत १५ बर्ष देखि सुन्तला व्यापार गरिरहेका ब्यापारी बलदेव मुखिया बताउछन पहिले यस क्षेत्रबाट आफुले ५० वटा बगानबाट २०० पिकअप गाडी सुन्तला सिलगडी बिक्रीको निम्ति पठाउथे भने अहिले एक सय भन्दा ज्यादा बगान किन्द पनि ९० गाडी सुन्तला हुन् सक्दैन र प्रतिबर्ष सुन्तला फलाई कम्ती हुदै गईरहेको उनी बताउछन | पहिलेकाहरुले भन्दा अहिलेकाहरुले  कृषकहरुले सुन्तला बोटलाई ज्यादै मात्रमा स्यार सुसार गरे पनि सुन्तला टुप्पोबाट सुक्ने अनि फेदमा किरा लाग्ने रोगले सताएको कारण नै सुन्तलाको बोट नै मर्दै गएको ब्यापारी बलदेव मुखिया जनाउछन | फेरी अहिलेको सुन्तलाको बोटको फेदमा किरा लागेकोले सुन्तला बोटमा फलेता पनि बोटमा नै सुन्तला गिलो रहेको र बोटमा चड्न बितिकै झर्ने गरेको ब्यापारी मुख्य जनाउछन/अर्कोतिर बिगत दुईबर्ष देखि सरकारले कर ज्यादै मात्रामा लगाएको कारण सिलगडी मण्डीमा  बंगलादेशबाट सुन्तला किन्ने ब्यापारी आउँन छोडेकोले सुन्तलाको दाम पनि कम्ती हुन् थालेको मुखिया  जनाउछन | पहिले ४ देखि ५ रुपियाँमा बिक्री गरिने सुन्तला अहिले बिक्रि गर्दा सिलगड़ीमा २ देखि ३ रुपियाँ मात्र पाउने गरेको उनले बताए |नागपुरको हाईब्रिड सुन्तला बजारमा आएको कारण पनि यताको सुन्तलाले दाम नपाएको अर्को एक स्थानीय सुन्तला ब्यापारी जनाउछन | यसरी स्थानीय सुन्ताला कृषक दाजुकोभाईको निम्ति जीटीएले एउटा कोल्ड स्टोरेज बनाएर सुन्तला  बिक्री गर्ने केन्द्र बनाई दिए कतै यहाको सुन्तले पनि दाम पाउने थियो कि भनेर स्थानीय कृषकवर्ग बताउछन | सुन्ताला स्थानीय कृषक दाजुभाईको  परिवार जीविका चलाउने मुख्य  खेती भएकोले झट्टै यस बिषयमा सरकारले ध्यान दिन नितान्त आवश्यक देखिन्छ | अर्कोतिर सुन्तालाको बोटको  टुप्प सुक्नुको कारण र बोट मर्नुको पछाडी मोबाइल टावर पनि हुन् सक्ने केही कृषक दाजुभाईले आशंका गरेको छन यधपि यस बिषयमा कुनैपनि क्षेत्रबाट अनुसन्धान भने गरिएको छैन |

मङपुबासीको निम्ति सिन्कोना पछि दोस्रो आय श्रोत सुन्तला खेतीलाई मानिलिन सकिन्छ | सुन्तला खेतीको कारण स्थानीय कृषक दाजुभाईले नानीहरुलाई पढ़ाउनुको साथमा परिवारको जीविका चलाइरहेका छन् |

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.