छिमेकी देश पाकिस्तानको एक सैनिक बिधालयमा आतंकवादी हमलामा मारिएका बिधार्थीहरु प्रति गहिरो शोक सम्वेदना प्रकट गर्दै सेन्ट एन्थोनी स्कुलका बिधार्थीगण एव शिक्षक शिक्षिकागणले हिज बिधालयको बार्षिक कार्यक्रम शुरु हुन अघि दुई मिनटको मौन धारण गर्दै उक्त घटनामा मारिएका बिधार्थीप्रति श्रदान्जली अर्पण गरे | बिहीबारको दिन स्थानीय सेन्ट एन्थोनी स्कुल भवनमा बिधालय संचालन समिति अध्यक्ष भानु राईको अध्यक्षतामा सेन्ट एन्थोनी स्कुलको बार्षिक संस्कृतिक कार्यक्रम एव पुरुस्कार बितवरण समारोह सम्पन्न भयो | बिधालयका प्रधान अध्यापक सन्तोष विश्व अनि शिक्षिका बिन्ध्याले चौधरीले संचलान गरेको समारोहमा पाठशालाका नानीहरुले गीत,नृत्य, कविता वाचन राईम्स आदि प्रस्तित गरे | यसरी पाठशाला संचालन समितिले यसै बिधालयबाट उतम शिक्षिकाको रुपमा संगीता तामांङलाई चयन गरि पुरुस्कार हस्तान्तरण गरियो | समारोहको अध्यक्ष भानु राई,प्रमुख अतिथि केशर मोक्तान,बिशिष्ट अतिथि मोनिका तामांङ,साथै बिधालयको शिक्षक शिक्षिका बाहुलीबाट नर्सरी देखि चौथो श्रेणी सम्म प्रथम,दोस्रो अनि तेस्रो दर्जामा उतीर्ण हुने छात्र छात्त्रावर्गलाई पुरुस्कार अनि परीक्षापत्र बितवारण गरियो | समरोहका प्रमुख अतिथि केशर मोक्तान अनि सभापति भानुराईले बिधालयका नानीहरुलाई शिक्षासंग संगै खेलकुद साथै अन्य विधामा पनि अघि बढ्ने सुझाव दिए | यसरी हेन्डराईटिङमा प्रथम हुने बिधार्थी सृष्टीमुखिया,दोस्रो रिया छेत्री,अनि तेस्रो साईणा मुखिया साथै नेपाली कविता वाचनमा प्रथम हुने बिधार्थी साईणा मुखिया,दोस्रो प्रेणा छेत्री,तेस्रो सिद्धान्त मोहरा,अनि अंग्रेजी कविता वाचनमा प्रथम अभिलाषा राई,दोस्रो दिन्की तामांङ अनि आर्यन मुखियालाई समरोको अतिथिहरुको बाहुली पुरुस्कार बितवारण गरियो | यसरी स्टुडेन्ट अफ द यर सोमिया थापालाई चयन गरियो | अन्त्यमा प्रधानअध्यापक ले सबैलाई आभार व्यक्त गर्दै कार्यक्रमको अन्त गरे |
मङपु साहित्यक संस्थानको सभा सम्पन्न
मङपु साहित्यक संस्थानको सभा ए.के.गुरुङको अध्यक्षतामा सम्पन्न भयो | सभाले आगामी दिनांक २३डिसेम्बर २०१४को दिन संस्थानको स्थापना दिवश रेसेप ग्राम पंच्यात कार्यलयमा साहित्यक गोष्ठीको रुपमा सम्पन्न गर्ने निधो गरेको छ | संस्थाल | आगामी जनवरी महिना देखि पुनः “निकुज्जिका साहित्यक सृंखला” संचालन गरिने निर्णय लिएको छ | मङपु साहित्यक संस्थानको मुखपत्र २०१५ भित्र प्रकाशित गरिने निर्णय आजको सभाले लियो | सभामा संस्थाको कर्मठ सदश्य दुई बिनोद रासाईलीको कविता संग्रह “आगोको ठिही ” एवम जगत राईको कविता संग्रह “पिठयुको घाम ” प्रकाशित गरे वापत उपस्थित सम्पूर्णबाट उनीहरु दुई कविलाई बधाई दिए | यस्तै प्रकारले साहित्यक सर्जक प्रेमकुमार आलेको मृत्युमा संस्थाले दुई मिनटको मौन धारण गरि शोक सम्वेदना प्रकट गरियो |
रबीन्द्र भवन परिसर साफसफाई
गत आइतावारको दिन रियाज कला सदन रेशेप बिभाग र कुलैनबारी मङपु इको टुरिजम सयुक्त तत्वधानमा स्वच्छ भारत अभियान अन्तर्गत मङपु रबीन्द्र भवन परिसरमा सरसफाई गरियो | मङपु कुलैनबारी इको टुरिजमका अध्यक्ष बिबेक मल्लको अगुवाइमा संस्थाको सम्पूर्ण सदश्य सद्स्यहरु मिलेर रबीन्द्र भवन परिसर साथै भवन भित्र रहेका बिश्व कवि रबीन्द्रनाथको तस्बीर साथै प्रतिमा पनि साफसफाई गरियो | रबीन्द्र भवन वरिपरि साथै भवन भित्र पनि साफसफाई गरिएकोमा रबीन्द्र संग्रहालयका क्येर टेकर शिशिर रावतले दुई संस्थाका सम्पूर्ण सदश्य सद्श्यहरुलाई आभार व्यक्त गर्दै आगामी दिनमा पनि यसरी नै एक जुट भएर साफसफाई गरिदिने अपील गरे |
Post a Comment