Tarang - new music album by Rajen Aaley launched

Tarang - new album by rajen aaley launched
After the mass success of his previous nepali album Baduli (बाडुली), Shital (शितल) and Dautari (दौंतरी), the local singer of Mungpoo mr. Rajen Aaley launched his fourth music album Tarang (तरंग) on saturday in the presence of  famous nepali singer,musician Jiwan Adhikari.

मङपुका प्रतिष्ठित गायक राजेन आलेको चौथो नेपाली गीति एल्बम “तरंग” को लोकार्पण स्थानीय रबीन्द्र भवनमा समारोहका प्रमुख अतिथि पुर्णिमा थापा,बिशिष्ट अतिथि जीवन अधिकारी,सभापति बिदुर कार्की अनि गायक राजेन आलेको बाहुलीबाट गरियो | गायक राजेन आलेले बाड़ुली,शीतल,दौतरी पछि आफ्नो चौथो नेपाली गीति एल्बम “तरंग” श्रोतावर्गको निम्ति निकाल्न सक्षम बनेका छन | गायक राजेन आलेको यस चौथो एल्बममा जम्मा सातवटा गीतहरु रहेका छन भने यस एल्बमको शब्द रचना गायक राजेन आले,साहित्यकार के.बी गिरी,सुरेन्द्र थीङ अनि दुषियन्त रामुदामुको रहेको छ भने संगीत बेनु बम्जन,राजेन आले अनि स्व: भीम नारायण प्रधानका रहेका छन | उक्त “तरंग” गीति एल्बमका फीमेल भोकल हेमा राई,साथै कोरस गीत सुजाता आले शेर्पा अनि अनुप गुरुङले गरेका छन | अनीत खातीले संचालन गरेको  लोकार्पण समरोहमा गायक पदम बराईलीले स्वागत सम्भाषण राखे | यसरी मङपु साहित्यकार सुरेन्द्र थीङले राजेन आलेको ”बाड़ुली”का एल्बमको गीतहरुको सम्झाना अहिले सम्म पनि संगीत श्रोता सम्म आईरहन्छ र यस तरंग एल्बममा पनि यस्तै  गीतहरु हामी खोजीरहन्छौ र यस्तै गीतहरुको अपेक्षा हामी संगीत श्रोताले राखेका छौ | यसरी  राजेन आलेको गीतको तिर्सना हामी गरिरहन्छौ भन्दै उनको तरङ एल्बम बारेमा दुई कुरा राखे | आजको कार्यक्रमा गायक तथा संगीतकार जीवन अधिकारी,गायक बेणु बम्जन,सुजीत खवास,साईदीप प्रधान,सोम छिरिंङ लेप्चा,नमिता गुरुङ,गरिमा गुरुङ,सलीना रामुदामु आदिले गीत प्रस्तुत गरे | यसरी गायक राजेन आलेलाई सम्पूर्ण संगीतप्रेमी श्रोतावर्गले बधाई दिदै खदार्पण गरे | कार्यक्रममा सुर एल्बमका गायक सुजीत खवासलाई पनि मङपु सांगीतिक कला एकाईको पक्षबाट पनि बधाई दिदै खदार्पण गरियो |

After the mass success of his previous nepali album Baduli (बाडुली), Shital (शितल) and Dautari (दौंतरी), the local singer of Mungpoo mr. Rajen Aaley launched his fourth music album Tarang (तरंग) on saturday in the presence of famous nepali singer,musician Jiwan Adhikari.

Read latest post filed under mungpoo news, music

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.