जोगीघाट स्टील ब्रीजको उद्घाटन, गोर्खाल्याण्ड गोर्खाहरुको मौलिक अधिकार हो : बाबा रामदेव

Baba Ramdev inaugurating Jogighat steel bridge at Mungpoo Darjeeling
सिटोंग / मंग्पू 18 अप्रेल (सीएम/ केशर ): सिटोंग अनि मंग्पुको संगम स्थल जोगीघाटमा शनिवार योग गुरु बाबा रामदेव , जीटीए प्रमुख बिमल गुरुङ , जीटीए सचिव रबि इन्दर सिंह , पतंजली योग पीठ हरिद्वारका आयुर्वेदाचार्य बालकृष्ण अनि विभिन्न विभागीय अधिकारी , सभासदवर्गको उपस्थितिको ऐतिहासिक कार्यक्रम बीच ऐतिहासिक जोगीघाट स्टील ब्रीजको उद्घाटन भएको छ |  7  करोड 28 लाख रुपियाँको लागत खर्चमा रयांग खोला माथि 74  मिटर लम्बाई  अनि साँढे पाँच मिटर चौडाई भएको पक्की पूलको उद्घाटन योग गुरु बाबा रामदेवको बाहुलीबाट रिबन काटेर गरिएको छ | उक्त पुलको सफलतम निर्माण र उद्घाटन कार्यलाई जीटीएको एउटा ठूलो उपलब्धि मानिएको छ | पूल उद्घाटनमा साक्षी बन्न  अत्यन्त उत्साहका साथ मंग्पू, सिटोंग , लाटपन्चर साथै संलग्न क्षेत्रबाट हज्जारौंको संख्यामा उपस्थित जनसाधारणवर्गले पूल उद्घाटन भए पछि अत्यन्त हर्षबोध गरे | उद्घाटन कार्यक्रम पछि सम्पन्न भएको एउटा कार्यक्रममा ऐतिहासिकता दर्साउँदै अफ्नो उपस्थिति दिएको योग गुरु बाबा रामदेवले योग , आयुर्वेद , भारतीय संस्कृति , स्वदेशी , राजनीति अनि गोर्खाल्याण्ड जस्तो बिषयमा खुलेर अफ्नो विचार व्यक्त गरे | तिनले गोर्खाल्याण्डको मांग बिषयमा भने – गोर्खाल्याण्ड भारत देशमा नेपाली भाषी गोर्खाहरुको मौलिक र संबैधानिक अधिकार हो | देशमा जाती र भाषाको आधारमा आसाम , मिजोराम , बङ्गाल ,पन्जाब , गुजरात इत्यादि राज्यहरु गठन भएको छ भने गोर्खाहरुका निम्ति गोर्खाल्याण्ड राज्य  किन हुँदैन ? गोर्खाल्याण्ड राज्य गोर्खाहरुले मांगेर नभए लडेर अनि खोसेर प्राप्त गर्नु पर्छ | गोर्खा जातिको सौर्य , पराक्रम अनि स्वावभिमानको तुलना बिश्वको कुनै जातिसित हुन सक्दैन | तर पनि देश निर्माणमा दिएको  गोर्खाहरुको अतुलनीय योगदानलाई देशले  कदर गर्न सकेको छैन | देश स्वन्त्र भएको 68  बर्ष बितिसक्दा पनि दार्जीलिंग पहाडमा एउटा केन्द्रीय विश्व विद्यालय स्थापित हुन नसक्नु दुर्भाग्यको कुरा हो | गोर्खाहरुलाई राजनैतिक , आर्थिक , सामाजिक रुपमा अन्याय गरिएको छ | तिनले जोगीघाटमा पतंजली योग पीठको आचार्यकुलम अनि योग केन्द्र , स्वदेशी जागरण केन्द्र स्थापित गर्नका साथै विश्व स्तरीय शैक्षिक संस्थानको  स्थापना गर्ने पनि घोषणा गरे | तिनले उपस्थित सबैलाई योग , प्राणायामको व्यवहारिक महत्व बुझाउँदै दुइ सय करोड बर्ष पुरानो भारतीय धर्म संस्कृति र परम्परालाई अनुशरण गर्दै संधै स्वदेशी , स्वावलम्बी सोंचलाई अघि राखेर निज परिश्रमको बलमा अघि बढ्ने र लक्ष्य प्राप्त गर्ने आव्हान पनि  गरे | कार्यक्रमलाई सम्बोधन गर्दै जीटीए प्रमुख बिमल गुरुङले जीटीएको कार्यव्यवस्थाको सुन्दर प्रतिफलको रुपमा अस्तित्वमा आएको जोगीघाटको नयाँ  स्टील ब्रीजको निम्ति सबै क्षेत्रवासीलाई बधाई दिए | औ जीटीए संधै यस्ता ठोस बिकासका कार्यहरुप्रति कटिबद्द भएर रहने कुरा बताए | बिगतका तत्कालिन सरकारहरुद्वारा सिन्कोना बगान औ बगानका मजदुरवर्गलाई सानी आमाको व्यवहार गरेर मरणासन्न अवस्थामा राखेका थिए भने आज जीटीएको छोटो कार्यकाल अवधिमा नै सिन्कोना बगानको पुनोरुद्दर हुन सकेको बताए | तिनले अन्तराष्ट्रिय स्तरमा ख्याती र कृति भएका योग गुरु बाबा रामदेवलाई जोगीघाटमा ल्याउनुको उदेश्य राजनीतिक फाइदा लिनुको निम्ति नभएर रोजगार अनि विकास  नै रहेको बताए | कार्यक्रममा अयुर्वेदाचार्य बालकृष्णले नेपाली भाषामा सम्बोधन गर्दै पतंजली योग पीठ अन्तर्गत  यस जोगीघाट परिसरमा रोजगारमुखी योजनाहरु शुरु गर्ने कुरा बताए | जीटीएका सचिव रवि इन्दर सिंहले स्वागत भाषण राखेको कार्यक्रममा सोनादामा स्थापित सिडफार्म, वेषभुषा प्रशिक्षण अनि प्रारूप केन्द्रको पनि विधिवत उद्घाटन गरिएको थियो | जसमा मुख्य रुपमा केन्द्रीय वस्त्र मन्त्रालयका मन्त्री जे डी बक्सि उपस्थित थिए | कालेबुंगका हरेश्वर संस्कृत बिद्यालयका शिक्षक अनि विद्यार्थीहरुले विद मन्त्र जाप , शंखनाद साथै कंचनजंघा नृत्य अकादमीका कलाकारहरुले सांस्कृतिक नृत्य प्रस्तु गरी मनोरंजन गराएका क्षेत्रीय सभासद रतन थापाले धन्यवाद ज्ञापन गरेका थिए |

सिटोंग / मंग्पू 18 अप्रेल (सीएम/ केशर ): सिटोंग अनि मंग्पुको संगम स्थल जोगीघाटमा शनिवार योग गुरु बाबा रामदेव , जीटीए प्रमुख बिमल गुरुङ , जीटीए सचिव रबि इन्दर सिंह , पतंजली योग पीठ हरिद्वारका आयुर्वेदाचार्य बालकृष्ण अनि विभिन्न विभागीय अधिकारी , सभासदवर्गको उपस्थितिको ऐतिहासिक

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.