परिनिर्माण प्राप्त रिम्पोछेको स्मरणमा लाब्दा गुम्बामा म्ह्लम पाठ

Khiyo Rigjin Chenmo Rimpoche passed away
निर्माण प्राप्त निङमा सम्प्रदायका महान गुरु खियो रिगजिम छेन्मो रिम्पोछेको स्मरणमा यहाँको लाब्दा गन्ती डांडा स्थित दोङ्गा छोइलिङ सार्वजनिक बौद्ध गुम्बामा १०८ बत्ती प्रज्वलन गरियो | स्मरण रहोस बिगत २०१४ को बुद्ध जयन्तीमा उनै रिम्पोछेबाट यस सार्वजनिक गुम्बामा दुकार वाङ माजिग ड्युकग्योर छेवाङ जस्ता दुर्लब वाङ गारेर स्थानीय अनि बाहिरका भक्तजनहरुलाई आशिषित तुल्याएका थिए |
खियो रिगजिम छेन्मो रिम्पोछेलाई गुरु रिम्पोछेको आठ औतारहरु मध्ये पाँचौ अवतार गुरु छ्यांगेको रुपमा चिनिन्छ | उनको निधनको घटनाले सम्पूर्ण बौद्ध सम्प्रदायमा शोकको लहर छाएको छ | यसै दुखत घडीमा रिम्पोछेको चाडै यस संसारमा पूर्ण अवतरण भइ लोक कल्याण भइरहोस भन्ने कामना राख्दै दोङ्गा छोइलिङ सार्वजनिक बौद्ध गुम्बा प्रमुख लामा उदय पाख्रीनको अगुवाईमा पूजा पाठ गर्दै स्थानीय महनिपा संघका सदश्यहरुले माणी महलमको आयोजन गरेको जानकारी गुम्बा संयोजक किरण पाख्रीनले एक विज्ञप्ति मार्फत दिएका छन् |
 

बिगत वर्ष वहाँले यस गुम्बामा पाठ गरेको समाचार यहाँ पद्नोस:
लाब्दा गुम्बामा बुद्ध जयन्तीको दिन खियो रिगजिन रिम्पोछेद्वारा अभिषेक वितरण गरिने  http://www.mungpoo.org/2014/05/buddha-jayanti-mungpoo-khiyo-rigjin-rimpochey-himachal.html

निर्माण प्राप्त निङमा सम्प्रदायका महान गुरु खियो रिगजिम छेन्मो रिम्पोछेको स्मरणमा यहाँको लाब्दा गन्ती डांडा स्थित दोङ्गा छोइलिङ सार्वजनिक बौद्ध गुम्बामा १०८ बत्ती प्रज्वलन गरियो |

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.