मंग्पूको रङबी ज्ञानपीठ उच्चतर माध्यमिक बिधालयमा ( Rungbee Jnanpith High School mungpoo ) भारत सरकारको निर्देश अनुसार “स्कूल सेफ्टी प्रिपेडनेस” सचेतना कार्यक्रम बिधालयको प्रधान अध्यापक बीके.गुरुङको अध्यक्षतामा सम्पन्न भयो | बिधालयका सहशिक्षक बीएम राईले कार्यक्रमा भुइचलो प्रकोपबाट बाच्ने तक्निकी उपायहरु बारे प्रत्येक श्रेणीका नानीहरुलाई बताए | शिक्षक राईले ४ अप्रेल १९०५ मा काग्रा नामक स्थानमा आएका भीषण भुईचालोमा १९७२७ जना व्यक्तिको मृत्यु भएको घटनालाई बिधार्थीहरु समक्ष औगत गराउदै यस प्रकारको भीषण प्रकोपबाट बाँच्नको निम्ति केन्द्र सरकारले धेरै तक्निकी उपायहरु बिधालयमा अपनाउने निर्देश दिएका छन जुन वर्तमान समयमा प्रत्येक मानवको निम्ति स्वयमलाई सुरक्षित राख्ने महत्वपूर्ण उपायहरु हुन् भनि बिधार्थीहरुलाई बताए | कार्यक्रमको अन्त्यमा बिधालयका प्रधान अध्यापक बी.के गुरुङले उपस्थित सम्पूर्ण शिक्षक शिक्षिकागण प्रति आभार व्यक्त गर्दै बिधार्थिहरुलाई यस्ता सचेतनामुलक कार्यक्रममा जागरुक बन्ने अनि आफु पनि वाँच अनि अरुलाई पनि बचाऊ भन्ने सन्देश दिएका छन् |
ज्ञानपीठ बिधालयमा स्कूल सेफ्टी प्रिपेडनेस कार्यक्रम
12Apr2015
Post a Comment