Dhanbir Puri |
भारतीय नेपाली साहित्य जगतका बरिष्ट प्रगतिशील लेखक कथाकार धनवीर पुरी तथा बरिष्ट व्यंग्य लेखक सिक्किम निवासी सानुभाई शर्माको असामायिक निधनमा मङपु साहित्यक संस्थानले गहिरो शोक सम्वेदना प्रकट गरेको छ | आफ्नो साहित्यक यात्रामा कथाकार धनवीर पुरीले चारवटा कथा संग्रह नेपाली साहित्यलाई दिए तथा आफु स्वास्थ्य रहुन्जेल मिरिकको साहित्यक उर्बर भूमिमा बसेर बिभिन्न उपक्रमले नेपाली साहित्यको सेवा गरिरहे | विगतको भानु जयन्ती समारोहमा उनलाई मुख्य अतिथिको रुपमा मङपुमा निम्ताएर मङपु साहित्यक संस्थाले हार्दिक सम्मान जनाएको थियो | उर्जाशील बरिष्ट साहित्यकार धनवीर पुरीको निधनले नेपाली प्रगतिशील कथा साहित्यमा एक अपुरणीय क्षति भएको मङपु साहित्यक संस्थानले अनुभव गरेको छ | उसरीनै नेपाली साहित्यका बरिष्ट व्यंग्य लेखक सानुभाई शर्माले नेपाली व्यंग्य साहित्यमा पाच भन्दा धेरै कृतिहरु दिएर गएका छन | विभिन्न साहित्यक पुरुस्कारहरुले सम्मानित लेखक सानुभाइ शर्माको निधनले नेपाली व्यंग्य साहित्य लेखनमा अपुरणीय क्षति भएको अनुभव मङपु साहित्यक संस्थाले गरेको छ | यी दुवै बरिष्ट साहित्यकारहरुको असमायिक निधनप्रति मङपु साहित्यक संस्थानले गहिरो शोक सम्वेदना प्रकट गरेको कुरा संस्थाको पक्षमा उदय थुलुङ अनि सचिव दीप थापाले बिज्ञप्ती मार्फत दिएका छन |
Photo courtesy: http://www.snowlinenews.com
Post a Comment
We love to hear from you! What's on your mind?