दार्जीलिंग तराई डुवर्स प्लान्टेशन लेबर युनियन सिन्कोना जोनले सिन्कोना बगान अनि बगान मजदुरवर्गको विविध समस्याहरुलाई लिएर सिन्कोना एव अन्य औषधीय पौधाहरुको निर्देशक डा० सामुयल राईसित एक बैठक बसेको छ | संधै नै मजदुरवर्गको हित र अधिकारमा आवाज उठाउने दातडुप्लालेयुले यहाँको सिन्कोना निर्देशालयमा बसेको उक्त बैठकमा बगानमा मजदुरबर्गको बदली काम बन्द हुने सरकारी सुचनाको विषयमा साथै नियुक्ति एवम पदोन्नती सम्बन्धि यहाँको प्रशासनले के कस्तो कदम चाल्दैछ र कहिलेदेखि चालु गरिन्छ जस्ता महत विषयहरुमा पनि छलफल गरेका थिए जसको निम्ति आउँदो २१ सेप्टेम्बरको दिन फेरि बैठक बस्ने जानकारी छ | यसको साथै युनियनले मजदुरवर्गको बढ पैसा आउँदो दशैंमा दिन पर्ने साथै शीतकालीन भत्ता ( विन्टर एलाउन्स ) पनि बढाएर २५,०० रुपियाँ गरिदिनु पर्ने मागहरु निर्देशक समक्ष राखेका छन् | यसरी नै बगान मजदुर तथा श्रमिकहरुको दीर्घ दिनदेखि चलिरहेको आफ्नो जमीनको मालिकना हक अथवा पर्जा पट्टाको माग माथि पनि दबाउ दिंदै निर्देशकले चाडै नै सिन्कोनाबासीलाई यो अधिकार दिलाइदिनुपर्छ भनी माग गरेका छन् भने बर्तमान बजार भाउ एवम महंगाईलाई ध्यानमा राख्दै २००९ मा निश्चित गरिएको मजदुरवर्गको बेसिक पेलाई पनि नाविनिकरण गर्दै बढोत्तरी गरिनु पर्ने मागहरु पनि युनियनले उठान गरेका थिए | दार्जीलिंग तराई डुवर्स प्लान्टेशन लेबर युनियन सिन्कोना जोन मूल सचिव गगन राई अनि किशन बुडाथोकी आदिको टोलीले गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन अन्तर्गत पर्ने हाम्रो घर योजनाका घरहरु पनि सिन्कोनाबासीलाई उपलब्ध गराइनु पर्छ भनी माग गर्नुको साथै अहिले सम्म रिक्त पदमा रहेको विभागीय अधिकारी ( डीओ) अनि हर्टिकल्चर ओभरशेयर (एचओ) को नियुक्ति पनि झट्टै गरिनुपर्छ भनी माग गरेका छन् जसको निम्ति आउँदो दिनमा सीपीएससित बैठक बस्ने जानकारी युनियन टोलीले गराएका छन् |
Post a Comment
We love to hear from you! What's on your mind?