जीटीए क्षेत्रीय प्रशासन अन्तर्गत सर्व शिक्षा मिशन द्वारा ६ सेप्टेम्बर देखि १० सेप्टेम्बर सम्म निर्मल विधालय सप्ताह ग्राम सेवक प्राथमिक पाठशाला ( gram sewak primary school ) ले पालन गरेको छ | यसैक्रममा पहिलो दिनको कार्यक्रममा पाठशाला प्रधान अध्यापिका विन्दादेवी छेत्रीले विधार्थीहरुलाई हाट धुनु पर्ने अनि आफ्नो युनिफर्म सफा लगाउने विषयमा विस्तृत जानकारी दिए | दोश्रो दिन शौचालय सफा राख्ने, चिसो पानीलाई उमालेर मात्र पिउने अनि नउमाली पिएमा पेटमा विभिन्न रोगहरु उत्पन्न हुने कुराहरु बताएका थिए | त्यसरी नै तेश्रो दिन विधार्थी, शिक्षिका साथै भी०ई०सी० ले गाउँ, पाठशाला परिसरमा प्लाकार्ड लिई परिभ्रमण गरेर परिसरमा फोहोर मैला नराख्ने अनि यसो गरे विभिन्न रोगहरु नलाग्ने, सवैतिर स्वस्छ र सफा राख्ने सुझावहरु दिएका थिए | विधार्थीहरुलाई साफ – सफाई बारे जानकारी दिंदै पाठशाला परिसरमा झार – पात गोड – गाड गरी हात साबुन लगाएर धुन सिकाए | चौथो दिन सम्पूर्ण विधार्थीहरुलाई लिई बस अनि चित्र बनाउ प्रतियोगिता आयोजन गरियो जसमा प्रथम, दोश्रो अनि तेश्रो हुने विधार्थीहरुको चित्र मंग्पू सर्कलमा पठाउने जानकारी लिइयो | यस अभियानमा पाठशालाको पारा शिक्षिका निता राई, भी०इ०सी० प्रतिनिधि साथै प्रधान शिक्षिकाको उपस्थिति रहेको थियो ||
Post a Comment
We love to hear from you! What's on your mind?