भारत सरकारको जैविक कृषि योजना
साथै सरकार अधिनस्थ राष्ट्रीय
ग्रामीण कृषि ब्यांक द्वारा
संचालित “ उत्पादक संगठन बिकास
कोष “ योजनालाई सफलता प्रदान
गर्न कम्मर कसिसकेका छन् मंग्पू
रोंगचोंगका महिला कृषकहरु
| कालेबुंग कृषक कल्याण संगठन
द्वारा आरम्भ गरिने भनिएको
उक्त योजनालाई मंग्पूका स्वनिर्भर
दलहरुले स्वागत जनाएका छन्
| भर्खरै मात्र कृषक महिलाहरुलाई
लिएर गठन गरिएको ग्रामीण स्तरीय
कमिटि अर्थात भीएलसीले राखेको
जनचेतना कार्यक्रममा मंग्पू
फार्मर्स क्लबका चिफ कोअर्डिनेटर
रबीन योन्जनले “ उत्पादक संगठन
बिकास कोष “ योजना बारे बिस्तृत
रुपमा जानकारी गराए | बिश्व
बजारमा जैविक साग सब्जीको माग
धेरै भएतापनि उत्पादन क्षमतामा
कृषकहरुपछि परेकोले यसको डिमाण्ड
पुरा गर्न असमर्थ छन् साथै
बजार व्यवसाय व्यवस्थित नहुँदा
कृषकहरु आफ्नो पसिनाको उचित
मोल पाउनदेखि ठगिरहेका छन्
| अब भने यो “ उत्पादक संगठन
बिकास कोष ” योजनाले कृषकहरुको
पसिनाको मुल्यलाई सम्मान गर्दै
बजार व्यवस्थाको भार आफ्नो
काँधमा लिनेछ बिशेष कालेबुंग
कृषक कल्याण संगठनले बजार व्यवसायमा
सहयोग गर्नेछ | पारम्पारिक
खेती होइन तर प्राविधिक तरिकाले
खेती गर्दा उत्पादन क्षमतामा
बढोत्तरी हुने भएकोले यसको
निम्ति केकेएसले निशुल्क ट्रेनिंग
दिने पनि गर्दछ |
यसै कार्यक्रमलाई सम्बोधन
गर्दै, मंग्पू रोंगचोंग महिला
कृषक संगठनका भीएलसी सचिवा
रेणु गुरुङले भीएलसी गठन गरिनुको
औचित्य बारे प्रकाश पार्दै
यदि माटोमा सुन फलाउनु हो भने
परिश्रम गर्नै पर्ने हुन्छ
यसको निम्ति प्रत्येक कृषक
महिलाहरुले पसिनाको मूल्य
बुझ्न जरुरी रहेको बताए | अब
महिलाहरु पनि घरेलु खेतीमा
मात्र नभएर व्यवसायिक खेतीमा
लागिपर्ने आह्वान गर्दै व्यवसाय
बजारको निम्ति कालेबुंग कृषक
कल्याण संगठनले दायित्व लिनेछ
भनी बताए |
भीएलसी सभापति कल्पना थापाले
पनि केकेएस द्वारा दिइएको प्रत्येक
कार्य निर्देशिकालाई पालन
गरेर अघि बदन सके जैविक क्रान्तिको
सफलतामा हाम्रो योगदानको कदर
अवश्य हुनेछ भनी बताए | सुमन
गुरुङले संचालन गरेको कार्यक्रमलाई
सकुन राई, शान्तिदेवी सुब्बा
अनि बुनु राईले पनि सम्बोधन
गरेका थिए | कल्पना थापाको सभापतित्वमा
सम्पन्न सो सचेतना कार्यक्रममा
उपस्थित कृषक महिलाहरुको पक्षमा
आजसम्म मंग्पू रोंगचोंग महिला
कृषकहरुलाई मार्ग दर्शन दिएर
स्वनिर्भर हुने जाँगर र प्रोत्साहन
दिनुहुने मह संगठनका प्रमुख
बिष्णु छेत्री प्रति आभार प्रकट
गरियो ||
Post a Comment
We love to hear from you! What's on your mind?