गत सोमबार सर्व भारतीय गुरुङ ( तमु ) संगठन मंग्पू जोनको सभापति भोज बहादुरको सभापतित्वमा सम्पन्न भएको छ | सर्व भारतीय गुरुङ तमु संगठन केन्द्रीय समितिका कन्चन गुरुङले निर्देशन गरेको सभामा संयोजक कुन्दन गुरुङले संचालन गरेका थिए भने यस सभामा मंग्पू अस्पतालका डाक्टर एस० के० गुरुङ, सिन्कोना व्यवस्थापक नीम गुरुङ लगायत मंग्पू क्षेत्रका सम्पूर्ण गुरुङ (तमु) हरु भेला भएका थिए | सभामा आगमी २६ अनि २७ सितम्बरमा कालेबुंगमा हुने गुरुङ महा अधिवेशन बारे चर्चा गर्नुको साथै त्यस अधिवेशन सबै गुरुङहरु जाने सर्व सम्मतिको साथ पारित भएको छ | सभामा सर्व भारतीय गुरुङ ( तमु ) संगठन मंग्पू जोनका मूल सचिव विकाश गुरुङले भारतको संविधान अनुसार धर्मलाई जनजति नदिएर केवल जातलाई दिने जानकारी गराउंदै यदि कुनै गुरुङलाई धार्मिक आक्षेप लगाएर तमु संगठनदेखि विमुख बनाउन खोजे सर्व भारतीय गुरुङ संगठनले कानुनी कारवाही गर्ने पनि उनले जनाएका छन् | उनले धर्म र आस्था आफु माथि निर्भर रहेको साथै यो भारतको संविधानले दिएको मौलिक अधिकार हो भनी उपस्थित समुहलाई जनाएका छन् | सभामा सर्व भारतीय गुरुङ तमु संगठन मंग्पू जोनको गठन गर्दै मंग्पूको सबै विभागबाट संयोजकहरुको पनि चयन गरिएको छ जसमा बिचकमानबाट गजेन्द्र गुरुङ, लाब्दाबाट केबी गुरुङ, मंग्पूर सिम्लेबाट ज्ञानचन्द्र गुरुङ, लाब्दा बस्तीबाट रवि गुरुङ, बजारबाट दुर्गा गुरुङ, ४० धुराबाट एनबी गुरुङ, रेशेपबाट नरेन गुरुङ चयन गरिएको छ | यसरी नै उप सभापति नीलकुमार गुरुङ अनि सह सचिव रोहित गुरुङ आदिको नाम चयन गरिएको छ |
Post a Comment
We love to hear from you! What's on your mind?