मङपूमा अखिल भारतीय तृणामूल कग्रेसको सभा

Mamata Banerjee with Trinamool Congress flag
अखिल भारतीय त्रिनामूल कांग्रेस लाब्दा मंग्पू समष्टिको कर्मी सभा समष्टिको सभापति के० एस० छेत्रीको सभापतित्वमा सम्पन्न भयो | उक्त सभामा दार्जीलिंग जिल्ला कमिटि हील जोन सदश्य तथा दार्जीलिंग सिन्कोना प्लान्टेशन वकर्स युनियनको महा सचिव मिरेन लामा, जिल्ला कमिटि नारी संगठन सचिवा रेजिना गुरुङ, मंग्पू समष्टि युनियन सभापति नील कुमार गुरुङ, सचिव बुद्ध लामा, उप सभापति जयपति राई, त्रिनामूल कांग्रेस ब्लक कमिटि उपसभापति बीएस राई, सचिव पवन बल उपस्थित थिए |
समष्टिको विभिन्न क्षेत्रहरुलाई प्रतिनिधित्व गर्दै मंग्पू, लाब्दा, रम्बी बिचकमान, रन्जुभेली र रेशेप विभाग लगायत सिम्ले,राजमान धुरा, टांगे फरेष्ट भिलेज, सुन्तले लोहापूल आदि क्षेत्रबाट पार्टी युनियन कार्यकर्ताहरु उपस्थित भएका थिए | सांगठानिक गतिविधि बारे बोल्दै जयपति राइले त्रिनामूल कांग्रेसको आगमन भएपछि क्षेत्रमा धेरै परिवर्तन आएको बताए | उनले सिन्कोना बगान, पंचायत क्षेत्र आदिमा भइरहेको कार्यहरु प्रति आलोचना गर्दै विगतमा जस्तो प्रकारले मनमानी भइरहेको थियो तर आज हाम्रो उपस्थितिमा सो हुन सकेको छैन भनी बताए | उनले आगमी विधान सभा चुनावको निम्ति तयार बस्नु पर्ने सबैलाई अव्गात गराए | यसै क्रममा भात्री संगठन युनियनको पक्षमा आजसम्म के कस्तो कार्य भइरहेको छ भन्ने कुरा प्रष्ट पार्दै बुद्ध लामाले युनियनको पक्षमा धेरै राम्रो कार्य भइरहेको सबैलाई जनाए | सिन्कोना बगान भित्र खटी खाने मजदुरहरुलाई दशैँ पुर्व नै बढेको पैसाको रहल रकमहरु दिलाउन हेतु व्यवस्थापक, निर्देशकलाई अपील गर्ने औ हिल अफेयरसित समेत पत्रचार गर्ने बताए | दार्जीलिंग पहाड भरि नारी संगठन बिस्तार एवम नारीहरुको सक्रियतालाई स्पष्ट पार्दै रेजिना गुरुङले नारीहरु निडर भइ अघि आउनु पर्ने बताए | नारीहरुको पूर्ण सहयोगमा मात्र पार्टीले उत्तरोतर प्रगति गर्ने उनले बताए | वर्तमानमा आफु अनि अध्यक्षा शारदा सुब्बा दर्जीलिंग्को विभिन्न क्षेत्रहरुमा नारी संगठन तयार गर्न व्यस्त रहेको पनि उनले बताए | यसै क्रममा समष्टि सचिव पवन बलले दस्तावेज सहित विभिन्न सहुलियत बारे जानकारी गराउंदै आफ्नो बक्तव्य पेश गरे | उनले स्वास्थ्य अभियान अन्तर्गत वीपीएल टोइलेटको सम्पूर्ण निर्माण प्रक्रिया, एस्टीमेट अनि पेटोइलेट श्रम विभागबाट प्रदान गरिने  सहुलियतहरुबारे  अव्गात गराए | यस अतिरिक्त माइनोरिटी लोन एवम सहुलियतहरु बारे बताउंदै उतर बङ्गाल बिकाश विभागबाट हुने विकासका कार्यहरु साथै औपचारिकता बारे प्रस्ट पारे भने आगमी विधान सभामा चुनाव बारे सबैलाई अव्गात गराए | उनले अहिले भूत सुची छानविन प्रक्रिया चलिरहेको कुरो बताउंदै विभिन्न ग्राम पंचायत तथा बूथहरुमा गैर कानुनी रुपमा बाहिरका मानिसहरुले मतदान सुचीमा नाम लगाएको विषयमा पनि अव्गात गराए | उनले गैर कानुनी ढंगमा मतदान सुचीमा नाम लगाइदिने मानिसहरु प्रति होसियारी गराउंदै सही भोटको समयमा कारवाही गराउने बचन समेत बलले दिए | सम्भाषणको क्रममा मिरें लामाले राजनीति, युनियन गर्नेहरु लठुवा हुनु हुँदैन औ जानेर बुझेर मात्र कार्य गर्ने कार्यकर्ताहरुलाई आह्वान गरे | विगत केही दिन अघि मिडियामा आएको खबर अनुसार दशैं अघि रहल रकम श्रमिकवर्गले पाउनु पर्ने निर्देशकसंग दातडुप्लालेयुले राखेको मागलाई स्वागत जनाए तर त्यो माग मिनिमम वेज ( बेसिक पे ) बढाउने भनेर राखेको हुनाले माग स्पष्ट नभएको जानकारी सभामा गराए | वास्तवमा श्रमिकवर्गको महंगी भत्ता ( डी० ए० ) प्रत्येक ६ महिनामा बढ्ने औं त्यसैको आधारमा विगत २०१४ को जनवरीदेखि जून महिना सम्मको महंगी भत्ता प्राप्त प्राप्त गरी सकेको अनि  एरियर  पनि पाइसकेको बताए | त्यसपछि जुलाई २०१४ देखि दिसम्बर २०१४ सम्मको महंगी भत्ता फेरी रु० १०३० प्रति श्रमिक प्रतिदिन गरेर बढोत्तरी भएको छ जसको आधारमा दिनको हाजिरा रु० २१६ प्रति दिन पाउने पर्ने तर नपाएको कुरा पनि उनले राखे | यसबाहेक जनवरी २०१५ देखि ३० जुन् २०१५ सम्म ६ महिनाको महंगी भत्ता प्रति दिन र प्रति श्रमिक रु० ८.२६ पे बढोत्तरी भए तापनि आजसम्म न त बढेको पैसा पाएको छ न रोज वृद्धि नै भएको छ भनी बताए | यसैले आज जनवरीदेखि जुन सम्म दैनिक रोज बढेकोले रु० २२४.२६ पैसा प्रतिदिन हुनुपर्ने भए पनि श्रमिकहरु २०५.६५ पैसा लिन वाध्य भइरहेकोले हामी प्रत्येक श्रमिकहरुको दैनिक रोज २२४.२६ पैसा होस् भनी उपस्थितलाई लामा =ले अव्गात गराए | यस विषयमा मजदुरहरुको हितमा सम्बन्धित विभागहरुमा पत्रचार गरिसकेको पनि उनले जनाए | यसपछि गतिविधि बारे बोल्दै नीलकुमार गुरुङले सबैलाई सक्रीय भइ इमान्दारितापुर्वक कार्य गर्ने आह्वान गरे | अन्तमा सभापति केएस छेत्रीले संगठनलाई विस्तार एवम संचालन साथै क्षेत्रको विकास विषयमा बोल्दै आफ्नो हक र अधिकार आफै सजक भएर लिने अनि संगठनको क्रिया कलापमा पनि समान रुपमा उपस्थित हुने आह्वान गरे |

अखिल भारतीय त्रिनामूल कांग्रेस लाब्दा मंग्पू समष्टिको कर्मी सभा समष्टिको सभापति के० एस० छेत्रीको सभापतित्वमा सम्पन्न भयो |

Read latest post filed under mungpoo news, political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.