नेपाली साहित्यका उज्ज्वल नक्षत्र स्व० राजनारायण प्रधानको निधनमा शोक सम्वेदना प्रकट गर्दै मङपु अवधारणा समुहले दुखको यस क्षणमा उनको परिवारलाई ईश्वरले सहन गर्ने शक्ति प्रदान गरुन भन्दै सोमबारको दिन स्व: प्रधानको बास स्थानमा पुगी उनको परिवारलाई शोक सम्वेदना पत्र प्रदान गरे | अवधारणा समुहको सम्पूर्ण परिवार राजनारायण प्रधानको घरमा पुगी दार्जीलिङ अदालतका कानुनी सल्हाकार अधिबक्ता दुर्गा खरेलको बाहुलीबाट प्रधानको परिवारलाई शोक सम्वेदना पत्र हस्तान्तरण गरियो | आज अवधारणा समुह मङपुको पक्षबाट किरण ब्लोन, केबी. गिरी, मिरेन लामा अनि संघका अ अन्य सदश्य उपस्थित थिए भने समुहले प्रधानका पत्नी रुपा प्रधान अनि सम्पूर्ण परिवारमा सुस्वास्थ्य र दिर्घायुको कामना गरेका छन |
Post a Comment
We love to hear from you! What's on your mind?