सर्व भारतीय गुरुङ "तमु" संगठन मङपू (Sarva Bharatiya Gurung (Tamu) Sangathan mungpoo) अनि सिटोङ द्वारा यहाँको जोगीघाट (Jogighat) परिसरमा संयुक्त रुपमा धुमधाम साथ ल्होछार ( Lhochhar) पर्व पालन गरेको छ | ए०के० गुरुङको अध्यक्षतामा सम्पन्न यस कार्यक्रम सर्व भारतीय गुरुङ "तमु" संगठन मङपू जोन सचिव अनि सभापति द्वय बिकाश गुरुङ अनि कुन्दन गुरुङ द्वारा संचालन गरिएको थियो भने शुरुमा अध्यक्ष अनि अन्य बरिष्ठ व्यक्तित्वहरुको बाहुलीबाट गुरुदेव कर्मवाङचुकको तस्वीरमा माल्यार्पण साथै दीप प्रज्वलन गरि गुरुङ लामाहरु द्वारा मन्त्र पाठ गर्दै लुङदर उठाइएपछि कार्यक्रम शुरु भएको थियो |
कार्यक्रम मन्चबाट जोन सचिव बिकाश गुरुङले जनजातिको कुरा गर्दै सरकारले यदि जनजातिको दर्जा दिन्छ भने कुनै धर्मलाई हेरेर दिदैंन यसैले हामी सबै धर्मका गुरुङ समुदायहरुले आफ्नो अधिकार प्राप्त गर्न पहिले एक हुन जरुरी रहेकोले आफ्नो धर्म आफैसित छ र सबै एक भएर आफ्नो हकको लागी लडौ भनी आह्वान गरेका छन् |
यसरी नै डाक्टर ज्ञानचन्द्र गुरुङले पनि आफू जनजाति विषयमा नै अध्यायन गरिरहेकोले हामीले जनजातिको दर्जा पाउनलाई पहिले यथेस्ट प्रमाण पत्र, अन्य कागज पत्र लगायत दस्तावेजहरु तयारी पर्न जरुरी रहेको कुराहरु उपस्थित सबैलाई अव्गात गराए |
आजको कार्यक्रममा सिटोङ क्षेत्रका मादले गायक नर बहादुर गुरुङले मादले गीत अनि प्रणय गुरुङले आफ्नै एल्बमका गीतहरु गाएर सबैलाई मन्त्रमुघ्ध बनाएका थिए भने मङपू क्षेत्रका केटीहरुले नृत्यहरु प्रस्तुत गरेर कार्यक्रमलाई अझ रोचक बनाएका थिए ||

Post a Comment
We love to hear from you! What's on your mind?