मङपूको मुटु मानिने मुख्य स्थल नालीडांडाको विविध समस्याहरुलाई समाधान गर्न अग्रसर रहने नालीडांडा ब्यापारी संगठन (Nalidara Byapari Sangathan) को सभा सदश्य पुरण पाख्रिनको अध्यक्षतामा सम्पन्न भयो | सभामा बिशेष नालीडांडा बजार परिसर फाटकदेखि बस स्ट्याण्ड, मङपू अस्पताल रोड, लाब्दा विभाग जाने गुम्बा मुनि क्षेत्रभरि नालीडांडाको सुन्दरता, अवैध कार्यकलाप विहिन स्थान बनाउन संगठनले स्ट्रीट लाइट (Street light) लगाउने निर्णय लिएको छ | उक्त कार्यको निम्ति मङपू बोइज क्लबले रुपियाँ १०, ००० /-, स्व० सिता अग्रवालको स्मृतिमा रुपियाँ ५१००/-, कमल अग्रवाल तथा परिवारले आफ्नो पिताको नाममा आर्थिक सहयोग गर्ने सभामा पक्का कुरा भयो भने अन्य सम्पूर्ण आर्थिक खर्चपात नालीडांडा ब्यापारी संगठनले गर्ने निर्णय लिएको छ | सभालाई संगठन सचिव बुद्ध कुमार थापाले संचालन गरेका थिए भने सदस्य केशर मोक्तान, मनोज सुब्बा, शिव तामांग, डी० एस० प्रधान, एल० बी० गुरुङ, सतन तामांग, संजय थापा, कमल अग्रवाल, सुबिता छेत्री, दुर्गा राई, आदिले राम्रा सुझाउहरु राखेका थिए | सभामा आगमी ४ जनवरी २०१६ मा फेरी नालीडांडा बजार क्षेत्रभरि साफ सफाई गर्दै रंग पोत्ने अनि हावा घरलाई शृंगार गर्ने निर्णय भयो | बिशेष नालीडांडा क्षेत्रका पाइखाना सफा गरिने पनि सभामा कुरा उठेको छ | सभामा स्ट्रिट लाईटको बील नालीडांडा ब्यापारी संगठनका सदस्य - सदस्या बाहेक अन्य नालीडांडाका बासिन्दाहरुबाट पनि भुक्तान गरिने निर्णय भयो भने जनवरी महिनादेखि प्रति सदस्य रुपियाँ ४० गरेर उठाइने भएको छ | यस संचालन समिति संगठनको जनवरीको अन्तिम साता विघटन गरिने सभामा निर्णय भयो | अन्तमा नालीडांडा ब्यापारी संगठनका सचिव बुद्ध कुमार थापाले संगठनको पक्षमा आगमी सोमबार ४ जनवरीको दिन सम्पूर्ण सदस्य - सदस्यालाई अनिवार्य रुपमा बिहान साफ - सफाईको निम्ति हात - हतियार सहित बिहान ८ बजे उपस्थित भइदिने अनुरोध गरेका छन् |
Post a Comment
We love to hear from you! What's on your mind?