सयदिने रोजगारको २५ लाखभन्दा अधिक पैसा नपाएकोमा तक्दाह खण्ड कार्यलयमा कालो झण्डाले विरोध

protest against 100 days labour payment at takdah block office
तक्दा खण्ड अन्तर्गत लाब्दा ग्राम पंचायत वार्ड १ अनि २ नम्बर लाब्दा बस्तीका बासिन्दाले  प्रधानमन्त्री ग्राम सडक योजना सय दिने रोजगारमा  २०१४ अनि २०१५ मा  काम गरेको पैसा आज दुई बर्ष बितिसक्दा पनि नपाए पछि आज सम्पुर्ण गाउँलेहरु नै तक्दाह रङली रङलीयट खण्ड बिकाश कार्यलय (Takdah block office) मा पुगी कालो झन्डा देखाएर बिरोध प्रदर्शन गर्दै धर्नामा बसे | खण्ड बिकाश कार्यलयमा पुगेका जनताले खण्ड बिकाश अधिकारीलाई नभेटे पछि एपीओ अनि जोइन्ट बीडीओ संग नै वार्तामा बसे | गाउँलेहरुको सयदिने रोजगारको पैसा नपाएको पक्षमा नेतृत्व गर्दै गोजामुमो मङपु जोन सभापति प्रदीप छेत्री, सचिव रतन लामा ,दातडुप्लालेयु सचिव गगन राई, युवा मोर्चा केन्द्रीय समिति सदश्य उर्गेन शेर्पा अनि युवा मोर्चा लाब्दा मङपु समष्टि सभापति बिकाश गुरुङ अनि सचिव बिज्ञान मिश्रले गाउँलेहरुको साथमा विभागीय अधिकारी सित बैठक गरे | उक्त बिषयमा जान्न चहादा खण्ड बिकाश कार्यलयका अधिकारीवर्गले सम्पुर्ण वेतन दार्जीलिङ को अप्रेटिब ब्यांकमा पठाईसकेको र आगमी दुई हप्ता भित्रमा सम्पुर्ण वेतन दिने अधिकारीवर्गबाट आश्वाशन  पाए पछि सबै धर्नाबस्ने गाउँलेहरु घर फर्किआएको कुरो स्थानीय गाउँले रोशन छेत्रीले दर्पणलाई जनाए | तक्दा खण्ड बिकाश कार्यालयले ३०० जना जबकार्ड होल्डरको  १३ महिनाको १० वटा स्कीमको काम गरेको वेतन झन्डै २५ लाखभन्दा अधिक पैसा आज सम्म सरकारबाट नदिए पछि सम्पुर्ण गाउँ नै १२ वटा गाडीमा चडेर तक्दाह खण्ड बिकाश कार्यलयमा कालो झन्डा बोकेर धर्ना दिन पुगेका थिए | यदि १४ दिन भित्रमा पनि सय दिने रोजगारको वेतन सरकारले नदिए लाब्दा बस्ती वार्ड नम्बर १ अनि २ का गाउँलेहरु खण्ड बिकाश कार्यलयमा गई भोक हड़ताल बस्ने अनि उक्त वेतन नपाएको सन्दर्भमा थानामा गई प्राथमिकी दर्ता गरिने  चेताउनी गाउँलेहरुको पक्षमा रोशन छेत्रीले जानकारी दिएका छन |

तक्दा खण्ड अन्तर्गत लाब्दा ग्राम पंचायत वार्ड १ अनि २ नम्बर लाब्दा बस्तीका बासिन्दाले प्रधानमन्त्री ग्राम सडक योजना सय दिने रोजगारमा २०१४ अनि २०१५ मा काम गरेको पैसा आज दुई बर्ष बितिसक्दा पनि नपाए पछि आज सम्पुर्ण गाउँलेहरु नै तक्दाह रङली रङलीयट खण्ड बिकाश कार्यलय (Takdah block office) मा पुगी कालो झन्डा देखाएर बिरोध प्रदर्शन गर्दै धर्नामा बसे |

Read latest post filed under mungpoo news, regional news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.