गत २१ जनवरीको दिन वुमन्स वेलफेयर एण्ड डेभलपमेन्ट सोसाइटी, निहारिका मङपू शाखा अधिनस्थ अखिल भारतीय महिला समितिको वार्षिक सभा सम्पन्न भएको छ | देविका तामांगले अध्यक्षता सम्हालेको सभा समितिकै सह सचिवा प्रमिला मुखियाले शुरु गरेका थिए भने कार्यक्रमको संचालन मूल सचिवा सिनोरा प्रधानले गरेका थिइन | समितिको नियम अनुसार प्रत्येक तीन वर्षमा पदाधिकारीहरुको फेरबदल गरिने हुनाले यस चोटि पनि सर्वसम्मतिको साथ फेरि अध्यक्षा देविका तामांग अनि मूल सचिवा सिनोरा प्रधानलाई नै चयन गरियो भने सह सचिवामा प्रमिला मुखियालाई नै अनि अतिरिक्त सह सचिवामामा सावित्री मोहरा अनि सह सभानेत्री सुभद्र बोम्जनलाई चयन गरिएको छ |
विगत २० दिसम्बरमा इण्डियाको नर्थ जोनका अखिल भारतीय महिला समितिको रायगंज, कुचबिहारमा वार्षिक महा सम्मेलनको आयोजन गरिएको थियो जसको प्रतिनिधित्व दार्जीलिंग, जीटीए (सिलिगुडी लगायत) क्षेत्रबाट आठ जना महिलावर्गबाट सामेल थिए जस मध्ये अखिल भारतीय म० समिति दार्जीलिंग क्षेत्रबाट केन्द्रीय समितिका चार सदस्या, बनारहाटबाट दुई जना अनि सिलिगुडीबाट दुई जना मध्ये मङपू उपशाखाबाट देविका मोक्तान र पृथा च्याटर्जीले पनि प्रतिनिधित्व गरेका थिए | उल्लेखयोग्य कुरो साथै समग्र गोर्खे चेलीबाट अखिल भारतीय स्तरमा समितिका केन्द्रीय सचिवा दार्जीलिंग, गुणकेशरी प्रधान उपसभापति मनोनित भएको छ, उमेरले उनी ७६ भए पनि धेरै वर्ष अघिदेखि नै अखिल भारतीय महिला समिति, दार्जीलिंग शाखाका सचिवाको पदमा सेवारत छिन् |
उक्त रायगंजमा आयोजित महासम्मेलनमा उपसमिति मङपूको पक्षबाट देविका मोक्तानले समितिले वर्षभरि सम्पन्न गरेको कार्य विवरण प्रस्तुत गर्नुको साथै समाजमा मानव जातिमाथि हुने असामान्य घटनाहरुको उल्लेख गरिन | असामान्य घटनाहरु जस्तै मानव तस्करी , स्त्री तथा बाल बच्चा बेच विखन , घरेलु हिंसा तथा अपराध, दमनकारी नीति, बलात्कार आदिको उन्मुलन केवल महिला संगठनबाट मात्र नभएर पुरुषवर्ग द्वारा पनि उत्तिकै सक्रिय भएर ठोस र गम्भीर रुपमा पहल गरिनु पर्छ | सबैवर्गबाट काँधमा काँध मिलाई काम गरिनु पर्ने कुरोमा जोर दिइन | जहाँ भारतीय नारीलाई " यत्र नार्यस्त पुजनते , तत्र रमन्ते देवता " भनी देवीको रूपमा पुजिन्छ भने त्यहीं नारीहरुलाई आर्थिक कमजोरीको फायदा उठाइ सस्ता विज्ञापन र च्यानलहरुमा नग्न रुपमा देखाइन्छ | यस्तो क्रिया कालाप माथि कडा प्रतिबन्ध लगाउनु पर्छ जसको निम्ति सरकारी तौरबाट नै ठोष पहल हुन पर्नेछ भन्ने कुरोको उठान गर्न देविका मोक्तानले सर्व भारतीय स्तरमा सा० सचिवा आशा गम्भीर, केन्द्रीय समिति समक्ष मन्तव्य पोखिन अनि सुचना अनि प्रशारण मन्त्रालय, भारत सरकार समक्ष प्रस्ताव राखिदिने कुरो पेश गरिन |
Post a Comment
We love to hear from you! What's on your mind?