बोधगया, ६ फरवरी: आखिल भारतीय महायना
बौध मणिपा संघको आयोजनामा पाँचौ
अन्तराष्ट्रीय मणी दुङचूर
मोलम कार्यक्रम बोधगया (Bodhgaya) स्थित
प्रमुख महाबोधी मन्दीर परिसरको
बोधीवृक्ष (Bodhi tree) को वरिपरि भब्य रुपमा
आयोजन भइरहेको छ | फरवरी ३ देखि
आरम्भ भएको कार्यक्रम आज तेश्रो
दिनमा प्रवेश गरेको छ | आगमी
७ फरवरीको दिन कार्यक्रमको
समापन हुनेछ | मणिपा संघका हजारौ
भक्तहरु भारतका विभिन्न राज्य
लगायत छिमेकी राष्ट्रहरु जस्तै
नेपाल, भुटान अनि अन्य राष्ट्रबाट
२ फरवरीको दिन निङमा गुम्बा
बोधगयामा भेला भएका थिए | ३ फरवरी
बिहान ६ बजे हजारौं भक्तहरु
द्वारा ३ किलोमिटर पैदल शान्ति
यात्रा महाबोधी मन्दीर सम्म
गरी कार्यक्रम आरम्भ गरिएको
थियो | संघका धर्मगुरु परम पावन
ख्येन रिम्पोछे साङ्गे लोडोको
प्रज्ञापूर्ण सानिध्यमा कार्यक्रम
चलिरहेको छ | पाँच दिनसम्म आयोजन
हुने कार्यक्रम प्रतिदिन बिहान
७ बजेदेखि बेलुकी ५ बजे सम्म
दुई सत्रमा चलिरहेको छ | यस कार्यक्रम
अवधि १० करोड ॐ मणी पद्मे हुँ
को जप हुनेछ | बोधीवृक्षको
छाहरी भित्रको पवित्र वातावरणमा
मणिपा भक्तहरुले आसन बाँधेर
जप गरिरहेको छ | कार्यक्रमको
भब्य रुप देखेर अन्य भक्तहरुले
पनि उत्साहपुर्वक जप ध्यानमा
अंश ग्रहण गरिरहेका छन् | बोधीवृक्षको
काखबाट धर्मगुरु ख्येन रिम्पोछेले
आफ्ना अनुन्यायीहरुलाई मणि
मन्त्र जप ध्यान अनि धर्म दर्शन
बारे प्रवचन पनि गरेका थिए
| प्रवचनको क्रममा खेम्पो साङ्गे
छोपेल दार्जीलिंग अनि टुल्कु
ल्वाङ छिरिंग भुटानबाट पनि
क्रमैले हिन्दी अनि अंग्रेजीमा
प्रवचनहरु भइरहेको छ | दैनिक
पूजा पाठ तथा कार्यक्रमलाई
लामा पाल्देन म्हेमे दार्जीलिंगले
अगुवाई गरिरहेका छन् | अखिल
भारतीय महायाना बुद्धिष्ट
मणिपा संघको वार्षिक कार्यक्रम
मध्ये यो मणि दुङचूर मोलम कार्यक्रम
मुख्य हो | संघले २०१२ देखि लगातार
रुपमा भब्य रुपमा आयोजन गर्दै
आइरहेको छ र यो कार्यक्रम संघको
मुख्य उपलब्धि बनेको छ | यसै
कार्यक्रम मार्फत संघले राष्ट्रीय
स्तरदेखि अन्तराष्ट्रीय स्तरमा
आफ्नो परिचय बनाउन सक्षम बनेको
छ | यसघरि संघको कार्यक्रम साथ
- साथै अन्य बौद्ध राष्ट्रहरु
जस्तै थाईल्याण्ड, बर्मा अनि
श्रीलंकाका प्रतिनिधिहरुबाट
पनि पालै पालो पूजा पाठको कार्य
भइरहेको छ | विभिन्न पूजा पाठको
कार्यक्रमले गर्दा वातावरण
नै अलौकिक बनेको छ | जप गर्ने
क्रममा पहिलो दिन १,४०,२५०००,
दोश्रो दिन १,५०,१०००० अनि तेश्रो
दिन १,२२,१७००० जप भइसकेको छ
| तेश्रो दिन धर्मगुरु ख्येन
रिम्पोछे साङ्गे लोडोको पवित्र
सानिध्यमा सय भन्दा अधिक भक्तहरुले
धर्मदिक्षा पनि ग्रहण गरेका
छन् | यस सम्पूर्ण जानकारी साथ
मूल सचिव गोपाल मोक्तान अनि
प्रवक्ता किरण पाख्रिनले संयुक्त
रुपमा प्रेस विज्ञप्ति दिएका
छन् ||
Post a Comment
We love to hear from you! What's on your mind?