मङपु१३फरवरी(केशर
मोक्तान) : गोजामुमो प्रमुख एव जीटीए
चीफ बिमल गुरुङ मङपु भ्रमणमा
आएको समय सिन्कोनाबासीको हितार्थ मङपु कुलैन
कारखाना नवनिर्माणको निम्ति
७ कड़ोर रुपियाँ दिने घोषणा
गरेको थिए भने सोहि अनुरुप
आज देखि जीटीएद्वारा मङपु कुलैन
कारखाना पुन: निर्माण (Reconstruction of Mungpoo Cinchona Factory) कार्य शुरु
भएको छ | उक्त मङपु कुलैन कारखाना निर्माण कार्यको उद्घाटन
जीटीए सिन्कोना बिभाग सभासद
सामुएल गुरुङ अनि जीटीए मङपु
लाब्दा समष्टि सभासद रतन थापाको
बहुलीबाट दीप प्रज्वलन साथै
रिबन काटेर शुरु गरियो | यस कुलैन
कारखाना सात कड़ोर २० लाख रुपियाँको
लागतमा पुन: निर्माण हुन लागिरहेको
छ भने प्रथम चरणमा ४ कड़ोर ६५
लाख रुपियाँको लागतमा निर्माण
गरिने भएको छ | सभासद सामुएल
गुरुङले जनाए अनुसार अंग्रेजको
शाशन कालमा निर्माण गरिएको
पुरानो कारखाना ऐतिहासिक रहेको
कारण त्यस कारखाना पनि यथावत
राख्ने अनि त्यसै कारखानालाई
आधुनिक पद्दतीद्वारा नवनिर्माण
गरिने कुरो जनाए | यस प्रथम चरणमा
कारखानाको गोदाम,ल्याब,गराईडिङ
युनिट आदि निर्माण गरिनेछ भने
उक्त कार्य “दालज्योर अनइप्लोएड
इन्जिनियर कोअप्रेटिभ सोसाइट” ले यस कारखाना निर्माण कार्य
गर्ने भए छ | यस उद्घाटन समारोहमा
सिन्कोना एव अन्य औषधीय पौद्दाका
निर्देशक डा. सामुएल राई ,बगान
व्यवस्थापक एन.के.बराईली,खरसाङ
इन्जिनेरिङ विभागका एई के.गिरी,एईई
रिवाज बसेल,एसएई अरुण शर्मा,गोजामुमो
समष्टि सचिव रतन लामा ,सभापति
उर्गेन शेर्पा, दातडुप्लालेयु
सिन्कोना जोन केन्द्रीय समिति
सचिव गगन राई, युवा मोर्चा सभापति
बिज्ञान मिश्र, सचिव विकास
गुरुङ, मङपु जोन युनियन सचिव
किशान बुडाथोकी,सभापति सुरेन
राई लगायत मोर्चाका अन्य कार्यकर्ता
उपस्थित थिए ||
Post a Comment
We love to hear from you! What's on your mind?