किम्बु धुरामा घर जलेर स्वाहा

house gutted into fire in kimbu dhura
मङपु विभागको किम्बु धुरामा शिबकुमार तामाङको घर हिज राती जलेर खरानी  भएको छ | मङपु पुलिस अधिकारी एसआईएम हुसैनले बताए अनुसार घर जल्नुको कारण सर्ट सर्किटले गर्दा भएको  जानकारी छ |  चैतको हुरी अनि खडेरी महीनामा अचानक सर्ट सर्किटको कारण हिज राती प्राय: ११:३० बजे यसरी घर जलेर भष्म भएको छ | घर मालिक शिबकुमार तामाङ मङपु कुलैन कारखानाको रात चौकीदार भएको कारण आगलागि भएको समय उनि आफ्नो डीउटीमा नै थिए भने उनको घरमा पत्नी लगायत दुई छोरी अनि भाईको छोरा मात्र सुतिरहेको भए पनि यो दुर्घटनाबाट भाग्यले बाँच्न सफल भएको छ |
यो आगलागीमा परिवारले लगाएको लुगा बाहेक केहि पनि निकाल्न नसकेको गाउँलेहरुको भनाई छ | सिन्कोना मजदुरको घर यसरी आगलागी भएको सुनेपछि सिन्कोना बगान निर्देशक डा० सामुएल राई अनि बगान व्यवस्थापक एनके बराईली पनि घटना स्थलमा पुगी आज नै बगानको पक्षबाट  एउटा डेरा निर्माण गरिदिएको छकेही सुत्ने लुगा, भाड़ाकुडा अनि खाने आवश्यकीय खाने कुरोको व्यवस्था गरिदिएको जानकारी छ | यसको साथै पिडित परिवारको नानीहरुलाई निर्देशक राईबाट चाडै नै स्कुलको खाता किताब अनि ड्रेस प्रदान गरिने जानकारी ब्यव्सथापक एनके बराईलीले दिएको छ | दुखको घडीमा पीडित परिवारलाई सान्त्वना दिन जीटीए लाब्दा मङपु समष्टिका सभासद रतन थापा, समष्टिका युवा  मोर्चा, नारी मोर्चा अनि पार्टीका प्रतिनिधिहरु  घटना स्थलमा पुगेका थिए | सभासद अनि युवा मोर्चाकोको पक्षबाट पिडित परिवारलाई आर्थिक सहयोग गरिएको जानकारी रहेको छ |
घर विहिन भएका अग्नीपीडित परिवारलाई सुत्नको निम्ति डेरा बनाउन आज दिनभरि समाजका सदश्य  साथै वरिपरिका  गाउँलेहरुले पनि सहयोग पुराएका थिए | यसको साथै ग्रामपंचायत सचिव एसपी शर्मा पनि घटनाको जाँच गर्दै तक्दा खण्ड बिकाश अधिकारीलाई सीएटु रिपोर्ट पठाएको सचिवले जनाएको छ भने ग्रामपंचायतमा पीडित परिवारलाई दिने सर समान केही नभएकोले खण्ड विभागद्वारा  नै केहि दिनमा चाहिने समाग्री दिने सचिवले बताएको छ | मङपुमा यसरी अग्निकाण्ड हुँदा नजिकमा कहीं कतै अग्नि समन केन्द्र नभएकोले आगोलाई नियन्त्रण गर्न बारबार असफल रहेको कारण समस्त  मङपुबासीले पहिले देखि माग गरेको अग्नि समन केन्द्र आज पनि आवश्यक रहेको पाउँदा जनताले यहाँ झट्टै एउटा अग्नी समन केन्द्र हुनु पर्ने माग गरेको छ ||

मङपु विभागको किम्बु धुरामा शिबकुमार तामाङको घर हिज राती जलेर खरानी भएको छ | मङपु पुलिस अधिकारी एसआईएम हुसैनले बताए अनुसार घर जल्नुको कारण सर्ट सर्किटले गर्दा भएको जानकारी छ |

Read latest post filed under mungpoo news

Post a Comment

Post a Comment

We love to hear from you! What's on your mind?

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.