लाब्दा मङपू समष्टि
अन्तर्गत यहाँको मङपू जन मैदानमा
जनमुक्ति लेप्चा संगठनको आयोजनामा
ल्याङ रमफात एवं कल्चर मिट
कार्यक्रम सम्पन्न भएको छ |
सभासद दावा लेप्चाको अध्यक्षता
साथै एनटी लेप्चा अनि पीटी
सौमिकले द्वारा संचालित कार्यक्रममा
डानियल लेप्चाले स्वागत सम्भाषण
राखेका थिए | लेप्चा समुदायको
यस कार्यक्रममा जीटीए चिफ एवम
गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष
बिमल गुरुङ मुख्य अतिथिको रुपमा
उपस्थित थिए | आफ्नो सम्बोधनको
क्रममा चिफ गुरुङले मुख्य मन्त्री
ममता ब्यनार्जीको खोइरो खने
| गोर्खा जातिलाई जात जातमा
टुक्राएर दुर्बल बनाउने षड्यन्त्र
मुख्यमन्त्रीले गरेको बताउंदै
गोर्खा समुदायहरुलाई टुक्राउदै
बिकाश बोर्ड दिएर गरीब अनि
निमुखा जातिलाई निलो रंगको
छाना भएको घर दिंदै अन्य समुदायहरुदेखि
छुटाउने काम गरेको र मरो मान्छे
भनेर चिन्हित गर्नलाई सबैलाई
निलो छाना लगाउन बाध्य बनाएको
साथै उनीहरुको गरिबी अनि कमजोरी
माथि राजनीति गरेको आरोप उनले
गरेका छन् | त्यो निलो छाने घरमा
पनि तोकिएको रकम नदिएर खाली
भ्रस्टचार मात्र गरेको गुरुङको
आरोप छ | मुख्य मन्त्रीले हाम्रो
जातिलाई टुक्राएर गोर्खाल्याण्डको
मागलाई दुर्बल गर्न चाहन्छ,
यसरी मुख्य मन्त्रीले हरेक
पल्ट पहाड चड्दा टुक्रा टुक्रा
पारेको जातिलाई मैले एकत्रित
गर्दै एउटै मूलधारामा बहाएर
आफ्नो जन्मसिद्ध अधिकारको
माग गर्न चाहेको मात्र हो र
यसैले मैले पनि जीटीएको माध्यमबाट
१७ वटा जातिको बोर्ड गठन गरेर
प्रत्येक बोर्डलाई ५.५ करोड
दिने घोषणा गरिसकेको छु जसमा
तामांग अनि मंगर जातिलाई १.५
करोड दिइसकेको कुरो अध्यक्ष
गुरुङले जनाए | यसो गर्नुको
उदेश्य मेरो जातिलाई मुख्य
मन्त्रीको बन्धनबाट छुटकारा
दिलाउंदै आफ्नो घरमा फर्काउन
चाहेको उनले अझ भने | तर मैले
कसैलाई पनि निलो, रातो रंगको
छाना लगाउनु भनेर आदेश गरेको
छुइन भन्दै उनले व्यंग्य कसे
| गुरुङले ममता माथि बर्सिन्दै
भने कि मुख्यमन्त्रीले जीटीएलाई
१० हजार करोड रुपियाँ दिएको
घोषणा गर्दै हावा पिट्छ तर
जीटीएले अडिट गर्दा जीटीए गठन
भएदेखि अहिलेसम्म तीन वर्ष
छ महिनामा केवल २३८ करोड मात्र
दिएको खुलासा गर्दै यसलाई अडिट
गरेर हेर्दा हुन्छ भने साथै
यसरी झुटो बोलेर आफ्नै राजनैतिक
फाइदा हेरेर जनतालाई बोका बनाउनु
हुँदैन भनेका छन् | जीटीएले
बर्तमानमा गरिरहेको बिकाशको
कार्यहरुको खुलासा गर्दै जीटीए
एक्ट बनेको समय केन्द्रले दिएको
६०० करोड रुपियाँले नै मिरिक
अनि बिजनबारीमा कलेज साथै अन्य
स्थानहरुमा मोडेल स्कूल, स्वास्थ्य
केन्द्र तथा बस स्ट्याण्डहरु
बनाइएको बताउंदै आफ्नै सन्तानलाई
ढांटेर आफुले राजनीति नगरेको
उनले जनतामा खुलासा गरेका छन्
| यसरी नै उनले चुनाव पछि लेप्चाहरुको
निम्ति घर निर्माण अनि वृद्
भत्ताको निम्ति जीटीएसित सम्पर्क
गर्ने पनि लेप्चा समुदायलाई
जनाए | यसरी नै सम्बोधनको क्रममा
क्षेत्रीय सभासद रतन कुमार
थापाले पनि ममताले लेप्चा दाजु
भाई माथि विभाजन ल्याएर अन्याय
गरेको बताए भने यो सबै लेप्चा
समुदायलाई आफ्नै सन्तानहरुसित
दुश्मनी बढाउने ममताले रचेको
षड्यन्त्र हो र यो षड्यन्त्रले
देखि सतर्क हुने आह्वान गरे
| उनले अझ भने कि मुख्यमन्त्रीले
यदि सक्छ भने लेप्चाहरुलाई
आदिम जनजातिको दर्जा दिएर देखावोस
जुन माग गोजमुमोले आफ्नो चुनाव
मेनुफेस्टोमा उल्लेख गरेको
छ र हाम्रो अध्यक्षले केन्द्रमा
सम्बन्धित विभागसित पनि कुराकानी
गरिसकेको बताए | सम्बोधनकै
क्रममा फुरजाङ लेप्चाले भने
मुख्यमन्त्रीले लेप्चा समुदायलाई
टुक्राउदै बलीको बोका बनाउने
षड्यन्त्र गरेको हो र यस्तो
षड्यन्त्रदेखि जोगिएर सबै
लेप्चा दाजु भाइहरु आफ्नो जाति
र चिन्हारीको निम्ति एक हुने
आह्वान गरे | आजको कार्यक्रममा
अध्यक्ष बिमल गुरुङ लगायत विधायक
रोहित शर्मा, सभासदहरु नर्बुजी
लामा, रमेश लामा, कल्पना तामाङ,
सीपी पौडेल साथै जनमुक्ति लेप्चा
संगठन प्रतिनिधि अनि सिन्कोना
बगानबाट क्रमैले निर्देशक
डा० सामुएल राई, व्यवस्थापक
एन.के बराईली अनि हेडक्वाटर
व्यवस्थापक बिदुर कार्की आदि
बिशेष रुपले उपस्थित रहेका
थिए ||
ल्याङ रमफात एवं कल्चर मिटबाट बिमलले खोइरो खन्यो ममताको
19Mar2016
Post a Comment