गोर्खा राष्ट्रीय विधार्थी मोर्चा (Gorkha National Student Front GNSF) एवम भीपिसीको सदस्य – सदस्यावर्गलाई लिएर एक जरुरी सभा यहाँको गोरामुमो पार्टी कार्यलयमा अनुप गुरुङ, सदस्य खरसाङ ब्रान्च कमिटिको सभापतित्वमा सम्पन्न भएको छ | सभामा गत २९ मईमा सम्पन्न भएको गोर्खा दु:ख निवारक सम्मेलन दार्जीलिंगको गोराविमो एवम भीपीसीको संयुक्त सभामा पारित आगमी दिनमा हुने विराट रयालीलाई मङपू लाठपन्चर समष्टिका गोराविमो अनि भीपीसीवर्गले पूर्ण समर्थन गर्दै सहभागी बन्ने निर्णय लियो | आगमी २ जूनको दिन सम्पन्न हुने गोर्खा जनमुक्ति युवा मोर्चाको महाजुलुस जो ११ जात गोष्ठीलाई जनजाति दिलाउने मागमा गरिंदैछ त्यसको ठाडो विरोध जनाउंदै प्रष तेर्साएका छन् कि किन ११ जातलाई मात्र जन जातिको घोषणा गर्ने ? भारत भरि नै छरिएर बसेको सम्पूर्ण गोर्खालाई समेट्न सक्ने भारतीय संविधानको छैटौं अनुसुचिलाई सम्पूर्ण गोर्खाले स्वीकार गरे ११ जात गोष्ठीको माग गर्ने औचित्य नै रहने थिएन | यसैले यदि पहाडमा छैटौं अनुसुचि लागु भए जात गोष्ठी मात्र नभएर पहाडको सम्पूर्ण जात गोष्ठी संगै सम्पूर्ण भू – भाग नै ट्राइबल हुने थियो | दैनिक पत्रिकामा डा० महेन्द्र पी० लामा द्वारा “ कालेंबुङमा जित्यो, देशमा हार्यो “ लेखमा उनले सोझोरुपमा छैटौं अनुसुचिको समर्थन जनाएको बुझिन्छ, छैटौं अनुसुचि तीन सिडी माथि चडिसकेको मुद्दालाई मोर्चाले एक सिडी तल झारेको छ भन्ने बक्तब्य दिएको छ |
अन्तमा आएर हामी छैटौं अनुसुचिको मुद्दामा नै अडिक छौँ यही बाटो द्वारा नै हामी गोर्खाल्याण्ड सम्म पुग्न सक्षम बन्नेछौँ भनी आजको सभाले निर्णय लिएको छ |

Post a Comment
We love to hear from you! What's on your mind?