आज विश्व पर्यावरण दिवस (Environment Day) को अवसरमा मङपू एकता फाउन्डेशनबाट सुबास राई, गोजमुमो मङपू शाखा श्रमिक संघबाट पावेल प्रधान, नालीडांडा सृजना कल्याण समितिबाट अनुप राई र भारतीय सेनाबाट सुक्र तामांग आदिको सहभागितामा मङपू बस स्ट्याण्ड (Mungpoo Bus Stand) परिसरमा चालिसवटा फलवृक्ष एभोगाडाको बिरुवा रोपन गरियो | एभोगाडा एक बिरल प्रजातिको फल वृक्ष हो जसले प्रोटिन युक्त फल दिने गर्छ |
यो वृक्ष रोपन कार्य गरिनुको उदेश्य कुनै प्रतिस्पर्दा अथवा चर्चामा आउन नरहेर पर्यावरण संरक्षणको निम्ति एक कदम हो साथै आउँदो सन्तानले यस प्रकारको दुर्लभ फलवृक्ष देखोस र जानोस यसको महत्व भन्ने रहेको बताएको छ | आज लगाइएको फलवृक्षको सुरक्षा र संरक्षणको निम्ति स्थानीय छिमेकीहरु, बस स्ट्याण्डका कर्मचारीहरु साथै सौगात हाट कमिटिको कर्तब्य रहने जानकारी दिइएको छ |
यसरी नै पर्यावरण दिवस पालन गर्दै सुनौलो बिहानी कल्याण समिति रङबी विभाग द्वारा पनि वृक्ष रोपन कार्य गरिएको छ | उक्त कार्यमा रङबी विभाग सिन्कोना बगानको ग्याङमेन एमबी रसाइली, गोजमुमो रङबी विभाग शाखा सचिव सुजित तामांग, लेबर युनियन सिन्कोना बगान रङबी शाखा सभापति बालकुमार गुरुङ आदिको पनि बिशेष उपस्थिति साथै सहभागिता रहेको थियो | आजको वृक्ष रोपन कार्यक्रममा विभिन्न उन्नत जातको २०० वटा विरुवाहरु रोपिएको छ भने कार्यक्रममा समितिको सम्पूर्ण पदाधिकारी लगायत सदस्य – सदस्याहरुको सहभागिता रहेको थियो ||

Post a Comment
We love to hear from you! What's on your mind?