बिकाश बोर्ड बारे विश्वकर्म युथ एसोसिएशन मङपूको सभा

Biswakarma (Kami) youth association Development board
यहाँको रविन्द्र श्रमिक कल्याण केन्द्रमा विश्वकर्म युथ एसोसिएशन मङपू शाखाको आयोजनमा बिकाश बोर्ड के हो र यो किन हामी दलित, अवहेलित जातलाई आवश्यक छ भन्ने विषयमा सचेतना सभा प्रताप रसाइलीको सभाध्यक्षमा सम्पन्न भयो | सभामा मङपु शाखाका निमन्त्रणालाई स्वीकार गर्दै कालेबुंग केन्द्रीय कमिटिका अध्यक्ष याकिन लामिछाने औ महा सचिव तेजप्रताप खाती अनि अन्य कार्यकारिणी सदस्यहरु पनि उपस्थित थिए | सभामा मङपू शाखाका अध्यक्ष नेत्रबहादुर दर्नालले स्वागत भाषण राखेका थिए भने सिटोङ शाखाका सचिव सरण शिलालले आफ्नो संगठन बारे बक्तव्य पेश गरेका थिए | आजको मूल विषय अर्थात बिकाश बोर्ड बारे केन्द्रीय कमिटिका अध्यक्ष याकिन लामिछानेले बर्तमान विश्वकर्म जात कति हेलित र दलित छौँ यस जातिको उत्थान र बिकाश केवल बिकाश बोर्ड मार्फत मात्र सम्भव छ र यसलाई फुटेर भूल भ्रान्तिमा परेर होइन तर एकजुट भइ हाम्रो जातिको उत्थान गर्न पर्छ भन्दै एक युवा हुनुको जोश सहित बक्तब्य दिए | कार्यक्रममा मङपूमा भएका सबै गाउँहरुबाट जन समर्थकहरु पनि भेला भएका थिए | अबउसो मङपु शाखाबाट पनि सबैले एक जुट भएर याकिन लामिछानेको मार्ग निर्देशलाई अनुशरण गर्दै पूर्ण समर्थन गर्ने सभामा बचन दिएको छ ||

यहाँको रविन्द्र श्रमिक कल्याण केन्द्रमा विश्वकर्म युथ एसोसिएशन मङपू शाखाको आयोजनमा बिकाश बोर्ड के हो र यो किन हामी दलित, अवहेलित जातलाई आवश्यक छ भन्ने विषयमा सचेतना सभा प्रताप रसाइलीको सभाध्यक्षमा सम्पन्न भयो |

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.