सर्व भारतीय गुरुङ तमु संगठनको सभा सीबी गुरुङको अध्यक्षतामा बस्यो | सभामा सांगठानिक गतिविधि अनि भावी कार्यक्रम साथै बर्तमान चलिरहेको बिकाश बोर्ड विषयमाथि पनि गहन चर्चा गरियो | सभामा सम्पूर्ण मङपु, लाठ अनि सिटोङका प्रतिनिधिहरुले अंशग्रहण गरेका थिए |
कार्यकारिणी सभापति कन्चन गुरुङले सांगठानिक गतिविधि एवम जनजाति विषयमा विभिन्न दस्तावेजको साथमा वर्तमान विकाश बोर्डको बारेमा पनि सबैलाई साधारण भाषामा जानकारी गराएका थिए |
दार्जीलिंग महकुमा समितिबाट पनि विभिन्न पद पदाधिकारीहरु कुमार गुरुङ, सीबी गुरुङ, राजु गुरुङ, डंकन गुरुङ, हेमराज गुरुङ, टीआर गुरुङ लगायत लाठपन्चर, सिटोङ अनि मङपुका समस्त शाखाहरुको प्रतिनिधिहरु दिलिप गुरुङ, दुर्गा गुरुङ, रतन गुरुङ, गजें गुरुङ, बिकाश गुरुङ, कुन्दन गुरुङ, बीबी गुरुङ, रन्जु गुरुङ लगायत अन्य सबैले एकै आवाजमा बोर्डको विरोध गरेका थिए ||

Post a Comment
We love to hear from you! What's on your mind?