गत ६ अक्टुबरदेखि सम्पन्न हुँदै आएको मङपु गोल्ड कपको पहिलो सेमी फाइनल २२ अक्टुबरको दिन ५८ जीटीसी शिलोङ बनाम शेयर एफसी कालेबुङ माझ सम्पन्न हुने भएको छ | यी दुवै टीम यसवर्षको उत्कृष्ट टीमहरु भएकोले यो सेमी फाइनल खेल एकदमै रोचक हुनसक्ने सबैले अडकल काटेका छन् | मङपु बोइस क्लबको आयोजनामा सम्पन्न यस गोल्ड कपको अघिल्लो म्याचहरुतिर उत्कृष्ट प्रदर्शनी दिंदै पोल एबाट सेमी फाइनल खेल्न जुटेका दुई टीम मध्ये कुन टीम फाइनल खेल्ने हो त्यो भने कसैले पनि अड्कल काटिहाल्न नसक्ने स्थिति छ | यसैले नै होला यी दुई टीमले खेल्ने सेमी फाइनललाई सबैले नै महत्वपूर्ण म्याच रहने बताएका छन् | सेमी फाइनलकै दिन आयोजक समितिले एउटा सम्वर्धना कार्यक्रमको पनि आयोजना गर्दै मङपुका युवा – युवतीहरु जसले आफ्नो कार्य क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गरेका छन् उनीहरुलाई पनि सम्बर्धना जनाउने भएको छ | सम्बर्धना गरिने ब्यतित्वहरुमा क्रमैले दिप्ती तामांग जो हाल दार्जीलिंग महाविधालयमा पोलिटिकल डिपार्टका एसिस्टेन्ट प्रोफेसरको रुपमा कार्यरत छन्, स्वस्तिका गुरुङ अनि सुदिपा गुरुङ जो भारतीय सेनामा मिलिटेरी नरसिंग सर्विसका लेफ्टिनेन्ट छन् साथै सत्याम तामांग जो हाल दार्जीलिंग महाविधालयका बोटानी विभागका लेक्चरर छन् | यी व्यक्तिहरुले कमाएको उपलब्धिलाई सरहाना गर्दै कलिलो उमेरमै आफ्नो अनि परिवारको मात्र नाम रोशन नगरेर सम्पूर्ण मङपु क्षेत्रको नै नाम रोशन गरेको महसुश गर्दै प्रेरणा स्वरूप सम्बर्धना जनाउने कार्यक्रम रहेको छ ||
Post a Comment
We love to hear from you! What's on your mind?