केन्द्रीय जनजाति बिषयक सर्वेक्षण टोलीका प्रमुख जनजाति मन्त्रालयका डेपुटी डाईरेक्टर जेनेरल भिशुमैनी साथै अन्य अधिकारी डा.काकुली चक्रवती,बीशाश मल, अनि रबीन्द्र दासले आज जीटीए सभासद बिनय तामाङ अनि गोर्खजनजाति मान्यता संगर्ष संघका सचिव डी.के प्रधानको नेतृत्वमा सिटोंङ अनि मङपु क्षेत्रको परिभ्रमण गरे | उक्त केन्द्रीय जनजाति बिषयक सर्वेक्षण टोलीका प्रतिनिधिगणलाई घलेटारमा मंगर जाति,सिटोङ १मा राई जाति,शेल्फुमा भुजेल जाति अनि मङपुमा गुरुङ जातिले आआफ्नो जातिको संस्कृतिक भेषभुषा,रहन सहन, पुजापाठ साथै बासस्थानहरु देखाउदै भब्य रुपमा सयपत्रि फुलको माला लगाएर स्वागत जनाए | यस्तै गरि टोलीलाई मोर्चा मङपु जोन सचिव रतन लामा सभापति उर्गेन शेर्पा,युवा मोर्चा सभापति बिकाश गुरुङ अनि नारीमोर्चाका कार्यकर्तावर्गअनि समाजसेवी व्यक्तित्व साथै पुर्वप्रधानअध्यापक डी.एस. प्रधानले पनि खदामाला लगाएर स्वागत जनाए/यसरी मङपुमा आईपुगेका केन्द्रीय जनजाति बिषयक सर्वेक्षण टोलीका प्रमुख जनजाति मन्त्रालयका डेपुटी डाईरेक्टर जेनेरल भिशु मैनी संग भ्रमणबारे जानकारी लिदा उनले यहाँका सम्पुर्ण जातिको भेषभूषा,रहन सहन,घर साथै भोजनहरु एकदमै मनपरेको बताउदै यसरी यहाँका मानिसहरुले सयपत्री फुल लगाइदिएर स्वागत जनाएकोमा हर्ष ब्यक्त गरे |
Post a Comment
We love to hear from you! What's on your mind?