मङपु खेलकुद समितिको आयोजनामा वार्षिक दिपावली खेलकुद समारोह २०१६ आज भव्यताको साथ सम्पन्न भयो | मङपु सिन्कोना बगान व्यवस्थापक जेसव सादाको सभापतित्वमा सम्पन्न पहिलो दिनको खेलकुद समारोहमा आज अन्तर्विभागका प्रतियोगीहरु माझ प्रतियोगिताहरु सम्पन्न भएको थियो भने सरस्वती उच्चतर माध्यमिक विधालय र सन्त मंगल एकडेमीका विधार्थीहरुले मार्च पास्ट पनि प्रदर्शन गरेका थिए | कार्यक्रममा मङपु खेलकुद समितिका मूल सचिव राम पोख्रेलको स्वागत सम्भाषणपछि सिन्कोना निर्देशक डा० सामुयल राईले आफ्नो बक्तव्य प्रस्तुत गरेका थिए | आजको खेलकुदहरुमा विभिन्न दुरीको केटा अनि केटीहरु माझ दौड, सन्तुलन दौड, पालोफेर्ने दौड, हाई जम्प, लङ जम्प, छेलो हनाइ आदि प्रतियोगितात्मक खेलहरु सम्पन्न भएको थियो | आजको मुख्य आकर्षक खेल म्याराथन दौड खुल्ला केटाहरु माझ सम्पन्न भएको थियो जसमा पहिलो उत्तम भुजेल एसयुएमआई कालेबुंग, दोश्रो दिवस छेत्री अनि तेश्रो नयन तामांग कुमुदिनी होम्स कालेबुंग चयन भएका थिए भने अर्को आकर्षक खेलमा १५०० मिटर दौड खुल्ला केटाहरु माझ सम्पन्न भयो जसमा पहिलो उतम भुजेल एसयुएमआई, दोश्रो प्रविन राई पन्चबती हाई स्कूल शेल्पू अनि तेश्रो रिवाज छेत्री कुमुदिनी होम्स कालेबुंग छनौट भएका थिए | कार्यक्रमको मध्यान्तरमा मणी ट्रस्ट द्वारा विभिन्न गीत अनि धुनहरु प्रस्तुत गरेका थिए भने अन्तर विभाग माझ नृत्य प्रतियोगिता पनि सम्पन्न भएको थियो जसमा लाब्दा विभागले पहिलो पुरस्कार हत्याउन सफल बने | यस वर्ष केवल दुईवटा विधालयहरुले मात्र अंशग्रहण गरेको मार्च पास्ट प्रतियोगितामा सन्त मंगल एकाडेमीलाई पहिलो स्थानमा चुनियो भने सरस्वती विधालयका छात्रा समुहलाई दोश्रो स्थानमा घोषित गरियो | अन्तर्विभाग माझ सम्पन्न भएको खेलकुद समारोहमा प्रतियोगीहरुको प्राप्त अंक अनुसार पहिलो रेशेप विभाग, दोश्रो मङपु विभाग अनि तेश्रो लाब्दा विभागले स्थान ओगटेको घोषणा गरियो |
आज पहिलो दिनको खेलकुद समारोहकै अवसर पारेर सिन्कोना अनि अन्य औषधीय पौधाहरुको निर्देशालयले औषधियुक्त पौधा अनि फुलहरु जस्तै चिरौटो, अर्किड आदिको विभिन्न लिफलेटहरुको पनि लोकार्पण गरियो भने सिन्कोनाको अर्को मुख्य उपलब्धि सिन्कोना संदेश अर्धवार्षिक पत्रिकाको दोश्रो अंक पनि यसै मंचबाट लोकार्पण गरिएको छ | जुन पत्रिका पुर्व व्यवस्थापक स्व० नरेश कुमार बराली विशेषांक रहेको जानकारी प्राप्त छ | सिन्कोना निर्देशक डा० सामुयल राईको प्रमुख आतिथ्य रहेको पहिलो दिनको खेलकुद समारोहमा विशिष्ट अतिथि रायस मिया, जीएम एनएचपीसी, सम्मानीय अतिथि हेड क्वाटर व्यवस्थापक विदुर छेत्री अनि पिंगल साहब एनएचपीसी रहेका थिए | भोलि ३ नोभेम्बर अर्थात दोश्रो दिनको खेलकुद कार्यक्रम मङपुका अन्तर विधालय माझ सम्पन्न हुनेछ ||

Post a Comment
We love to hear from you! What's on your mind?