सिम्ले युनाइटेड बोइज क्लबको आयोजनामा स्थानीय मङपु विभाग जन मैदान अर्थात शारदा हाई स्कूल छेउको जन मैदानमा गत वर्षदेखि शुरु गरिएको नक आउट फूटबल टुर्नामेन्टको यस वर्षको खेल आगमी १८ दिसम्बरदेखि सम्पन्न हुने जानकारी क्लबका प्रचार प्रसार सचिव अरिफ मंगरले दिएको छ जसको चुडान्त खेल नयाँ वर्ष २०१७ को २६ जनवरी गणतन्त्र दिवसको दिन सम्पन्न हुनेछ | यसर्थ यस टुर्नामेन्टमा अंश ग्रहण गर्न चाहने इच्छुक दलहरुलाई ४ दिसम्बरसम्ममा समितिसित सम्पर्क राख्दै नाम दर्ता गराइदिने आयोजक समितिले अपिल पनि गरेको छ | यसै क्लबका सभापति सुजित थापा अनि सचिव भानु थापाले जनाए अनुसार हालसम्म क्लबकै बलबुतामा सम्पन्न गर्दै आइरहेको टुर्नामेन्टमा गाउँका शुभचिन्तकहरुको पनि सहयोग रहेको छ भने गत वर्षको कार्यक्रमलाई सफल बनाउन जुटेका सम्पूर्ण ग्रामबासी, शुभचिन्तक, तथा व्यक्ति बिशेषलाई यस वर्ष पनि खुलेर सहयोगको हात बढाईदिने अपिल गरेको छ | यस क्लबले युवाहरुलाई समेटेर हालसम्म दुईवटा दलहरु तयार गरिसकेको छ भने ती दलहरुलाई मङपुदेखि बाहिरका टुर्नामेन्टहरुतिर पनि खेलाइसकेको छ जसले गर्दा युवा खेलाडीहरुले स्तरीय खेलको अनुभव मात्र नगरेर कुलत र कुसंगतिहरुदेखि पनि अलग गराउने माध्यम बनेको छ | यस टुर्नामेन्टको बिजयी दललाई नगद रुपियाँ ६५,००० हजार साथमा एक तोला शुन जडित स्व० श्रीमती निरुकला तामांग स्मृति ट्रफी पनि प्रदान गरिनेछ भने उप बिजेता दललाई नगद रुपियाँ ३५,००० साथमा आकर्षक ट्रफी प्रदान गरिनेछ ||
Post a Comment
We love to hear from you! What's on your mind?